वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

बर्दियामा वनदिदी लाउँला मायाजाल…

        महेन्द्र विष्ट   |   प्रकाशित मिति: बुधबार, चैत्र ७, २०७४ ।    
  • महेन्द्र विष्ट

पुर्व पर्‍यो बाँके हजुर पश्चिम कैलाली ।
घुम्न आउछन पर्यटक बर्दिया हामफाली।
बर्दियाको खैरापुरमा कृष्णसारको घर ।
कर्णालीको पुलमाथि चल्छ हावा सरर ।

निकुञ्जमा चिरबिरचिरबिर चरा कराउछन।
गैंडा बाघ हाती देखि पर्यटक रमाउछन।
नेपालकै लामो हजुर गेरूवाको कर्णाली पुल।
माघीमा ठाकुरबाबा मन्दिरमा हुन्छ ठुलो हुल।

लोपोन्मुख चरा अनि रातो कमलको धनी।
सत्खलुवा ताल हेर्न आऔँ धधवार-६,खैरेनी।
बर्दियाको ताराताल अनि घुमौँ बह्रैयाताल।
सबै मिली सिमसार क्षेत्रको संरक्षण थाल।

हाम्रै राजापुरको कती सुन्दर अर्नहवा ताल।
घुम्दै-फिर्दै बनदिदी तिमी र म लाउँला मायाजाल।
वरपर हरियाली मनोरम डल्ला गाउँ ।
एकपटक घुम्नै पर्ने सुन्दर बर्दियाको ठाउँ।

आदिबासी जनजाति मिल्छौ सबै थर ।
अति सुन्दर अति प्यारो हाम्रो बर्दिया घर!
न त उसको हो हजुर न त तेरो मेरो।
घम्नै पर्छ एकपटक बर्दियाको सेरोफेरो !

[मन पर्‍यो भने शेयर गर्न नभुल्नुहोला । -सम्पादक ]

प्रतिक्रिया दिनुहोस्: