वि.सं.   सोमवार, फाल्गुन ६, २०७५   तदनुसार  18 February 2019

बर्दिया हाम्रो घर – महेन्द्र बिष्ट

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, माघ ४, २०७२ ।    
Loading...
कविता : बर्दिया हाम्रो घर
  • ई.महेन्द्र बिष्ट
पुर्व पर्‍यो बाँके हजुर पश्चिम कैलाली।
घुम्न आउछन पर्यटक “बर्दिया” हामफाली।
बर्दियाको खैरापुरमा कृष्णसारको घर।
कर्णालीको पुलमाथी चल्छ हावा सरर।
निकुञ्जमा चिरबिरचिरबिर चरा कराउछन।
गैंडा बाघ हाती देखि पर्यटक रमाउछन।
सोरहवा गा.वि.समा फैलिएको बह्रैया ताल।
सबै मिलि त्यस तालको संरक्षण थाल।
लोपोन्मुख चरा अनि रातो कमलको धनी।
सत्खलुवा ताल हेर्न आउ धधवार-६,खैरेनी।
नेपालकै लामो हजुर गेरूवाको पुल।
माघीमा ठाकुरबाबा मन्दिरमा हुन्छ मानिसको हुल।
राजापुरको सुन्दर अर्नहवा ताल।
घुम्दै फिर्दै बनदिदी तिमी र म लाउला माया जाल।
वरपर हरियाली मनोरम डल्ला गाउँ।
एकपटक घुम्नै पर्ने बर्दियाको ठाउँ।
आदिबासी जनजाति मिल्छौ सबै थर।
अति सुन्दर अति प्यारो हाम्रो बर्दिया घर !!
न त उसको हो हजुर न त तेरो मेरो।
घम्नै पर्छ एकपटक बर्दियाको सेरोफेरो !!
प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...