वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

पान बेचेरै बगनाहाका साधुरामले कमाउछन् मासिक १२ हजार !

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, चैत्र १२, २०७४ ।    

भावुक योगी/भुरिगाउँ ।
जान्ने हो भने गाउँ ठाउँमै बसेर गरीखाने उपाय धेरै फेला पार्न सकिन्छ । त्यसैको एउटा गतिलो उदाहरण हुन पानवाला साधुराम । मेला महोत्सव अनि रमाईलो पार्टीमा पान खाएर रमाउने मन धेरैको हुन्छ । पान खाने पारखीहरु बजारमै पनि आउँछन् । ठाकुरबाबा नगरपालिका-५ तकिया गाउँका पानवाला साधुराम थारुले साइकलमा पान बेच्न थालेको एक वर्ष भयो ।


बगनाहा बजारको विहीबार मेला अनि साविकको बगनाहा गाविस सहित तकिया गाउँमा साईकलमा काठको बाकसमा पान सामग्री लिएर पान बेच्न थालेका साधुरामले दैनिक ३ देखि ४ सय कमाई गर्नु हुन्छ । पानवाला साधुराम थारु हरेक महिना १० देखि १२ हजार कमाई हुने गरेको बताउछन । पान बेचेर कमाई गरेको पैसाले औषधी उपचार गर्न र आफ्नो बुढाबुढीको खर्च टार्न सहज भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: