वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

९० लाखको लागतमा ओराई खोलामा तटबन्धन निर्माणको कार्य सुरु

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, चैत्र २०, २०७४ ।    

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका वडा नं. ३ गोदानामा ९० लाख रुपैयाँको लागतमा तटबन्ध निर्माणको कार्य शुरु गरिएको छ ।

ठाकुरबाबा नगरपालिका वडा नं. ३ को कार्यालयको सिफारिसमा जलउत्पन्न परकोप व्यवस्थापन विभाग पुल्चोक ललितपुरको आर्थिक सहयोगमा तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको हो ।

वर्षेनी वर्षातको समयमा आउने बाढीबाट प्रभावित हुँदै आएका गोदाना बासीहरुले तटबन्धनको निर्माण संगै डुबानको समस्याबाट छुटकारा पाउने वडा अध्यक्ष श्रीकृष्ण थारुले बताए ।

प्रतिक्रिया दिनुहोस्: