वि.सं.   शुक्रबार, जेष्ठ १०, २०७६   तदनुसार  24 May 2019

नेपालगञ्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल संचालन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५ ।    

सोम गुरुङ/नेपालगञ्ज ।
नेपालगञ्ज उपमहानगरपालिकामा खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन सञ्चालनमा आएपछि उपमहानगरपालिकाले प्रवाह गर्ने सेवामा नगरबासीको पहुँचमा सहजता, पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन सफल भएको बताएका छन् ।

स्थानीय सरकार र नागरिक समाज मिलेर अघि बढेमा राष्ट्र समृद्ध हुने नागरिक समाजले जोड दिएका छन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले प्रविधिलाई अपनाएर सुशासन, पारदर्शी र जवाफदेहिता कायम गरेको उपमहानगरपालिकालाई धन्यवाद दिँदै आगामी दिनहरुमा नागरिक समाज र स्थानीय सरकार बिच सहकार्य गरि अघि बढेमा समृद्ध समाज हुने बताए ।

युएसआइडी र एफएचआई३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहकार्यमा  सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत काठमाडौ लिभीङल्याबको प्राविधिक सहयोगमा निर्मित वेभसाइड र एप्लीकेशनको महत्वबारे नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले जानकारी गराईन् । यो सेवा नेपालकै दोस्रो शहरका रुपमा नेपालगञ्जमा शुरु गरिएको हो ।

यस अघि निलकण्ठ नगरपालिकामा सेवा शुरु भएको थियो ।  नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख डा। धवल सम्शेर राणाले उपमहानगरपालिकाले दिने सेवा सुविधालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन  नागरिक समाजको भुमिका महत्व रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...