वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

नेपालगन्ज उपमहानगरपालिका संग कर बारे सूचना माग

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, असार २३, २०७५ ।    

सोम गुरुङ्ग/बाँके ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी सूचना अभियन्ता शैलेन्द्र कुुमार वैश्य, सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले नेपालगन्ज उपमहानगरपालिका कार्यालयसँग नेपालगन्ज उपमहानगरपालिकाले २०७२ देखि हाल सम्म उठाउँदै गरेको करको मापदण्ड र कर निर्धारणबारे सम्पूर्ण कागजातको सूचना माग गरेका छन् ।

सो सूचना मागमा नेपालगन्ज उपमहानगरपालिकाले गरेको कर निर्धारण सम्बन्धि सम्पूर्ण जानकारी र निर्णय समेत सूचना माग गरिएको सूचना अभियान्त ाशैलेन्द्र कुुमार वैश्यले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद कुुमार पौडेलले सूचना मागेकोमा सूचनाको हक सम्बन्धि ऐनमा रहेर तुरुन्त सूचना उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्: