वि.सं.   बुधबार, बैशाख १२, २०७५   तदनुसार  25 April 2018

नेपालगन्जमा ३ करोड ८५ लाख ठगी गर्ने गिरोह फरार

        भगतराम थारु   |   प्रकाशित मिति: शुक्रबार, चैत्र २३, २०७४ ।    

भगतराम थारु/नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका ४ कारकाँदो बस्ने मिना सिजापति, सर्मिला भण्डारी र भारत घर भएका रन्जन टण्डनले ३ करोड बढि रकम ठगि गरि फरार रहेको खुलेको छ । नेपालगन्जमा रहेका आफन्त, साथीभाईहरुसंग ठगि गर्दै विभिन्न बाहानामा करोडौ रकम असुली गरि उनिहरु फरार रहेका छन् । आज नेपालगन्जमा पिडित पक्षहरुले पत्रकार सम्मेलनको आयोजना गरि फरार रहेका सिजापति, भण्डारी र टण्डनलाई यथाशिघ्र पक्राउ गरि कारवाहीको माग गर्दै पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै पिडितहरुले न्याय पाउन कहाँ कहाँ धाएनौ तर न्याय कसैले दिएनन् उनिहरुले भने- ‘सुरु सुरुमा आफ्नो समस्या देखाई समाधान गर्न लगाउने र केही दिनमा बैक व्यालेन्स नभएको चेक समेत दिने गरेको उनिहरुको आरोप छ । सुरुमा १/२ लाख माग्ने र केही दिनपछि यति अरु दिएपछि मात्र पैसा आउने र दिने बाहाना बनाउदै पैसा असुल्ने पिडितहरुको आरोप छ । उनिहरुले आफ्नै साथीहरुसंग करोडौं रकम उठाएर ठगी गरेर फरार भएपछि नेपालगन्जमा पीडित महिलाहरु न्यायको खोजीमा भौतारिएका छन् । आफ्नौ साथीहरुसंग सापटी लिएको ३ करोड ८५ लाख रुपैयाँ ठगेर उनीहरु फरार भएका छन् । नेपालगन्जका १० जनाभन्दा बढी महिलाहरुसंग आमाछोरीले पटकपटक गरेर उक्त रकम सापटी लिएको पीडित महिलाहरुले पत्रकार सम्मेलन गरेर बताएका छन् । भारत लखनउका रञ्जन टण्डनसमेतको संलग्नतामा मीना र उनकी छोरी सर्मिलाले आफ्नो पीडा देखाएर ती महिलाहरुसंग २०६८ सालभन्दा अघिदेखि नै सिलसिलेबार ढंगबाट रकम उठाउँदै आएका थिए ।

नेपालगन्ज गणेशपुर र दाङ घर भएका ईश्वरीप्रसाद पौडेल, उनकी छोरी रचना, छोरा धिरजको ७८ लाख, नेपालगन्ज गोसाईगाउँकी उर्मिला श्रेष्ठको १५ लाख, सुशीला पौडेलको ५५ लाख, गंगा श्रेष्ठको ३ लाख, सुमन श्रेष्ठको ४० लाख, गीता पौडेलको १ करोड, लक्ष्मी कार्कीको ७७ लाख रुपैयाँ विभिन्न बाहनामा उनीहरुले सापटी लिएको पीडितहरुले बताएका छन् । शुरुमा एक डेढ लाख रुपैयाँ सापटी लिने कहिले फिर्ता गर्ने र कहिले थप गर्दै जाने क्रममा पछि अलि धेरै रकम पुगेपछि फिर्ता नगरी फिर्ता लिने भए अरु रकम थप गर हामी घडेरी किन्दै छौं, ग्यारेजमा लगानी गर्नु छ लगायतका बाहना गरेर सबै महिलाहरुसंग यसरी नै रकम असुली गरेको उनीहरुले बताएका छन् । साथी, दिदी बहिनीलाई समस्या परेको भन्दै घर परिवारबाट लुकाई छिपाई गरेर सामान्य ब्याज लिने गरी दिएको ठूलो रकम फसेपछि ती महिलाहरु आफूहरु घर न घाटको भएको पीडा सुनाउँछन् । कतिपयले घर नै दिएका छन् भने कतिपयले अन्य आफन्तीसंग आफुले सापटी ल्याएर दिएका छन् कतिले बैंकबाट निकालेर रकम दिएको बताएका छन् । यसरी चिनजानको र नेपालगन्जको राम्रै घरानाको मान्छे भनेर ढुक्क भएर कतिपयले तमसुक गरेर त कसैले त्यतिकै विश्वासमा दिएको रकम फिर्ता नगरी आमा छोरी नै फरार भएपछि महिलाहरु न्यायको खोजीमा हिडेका हुन् । पत्रकार सम्मेलनमा १०÷१२ जना महिलाहरुको समुह थियो सहभागि सवैबाट १० लाख, १५ लाख, २५ लाख, ३८ लाख, ४० लाख, ५५ लाख, ८० लाख, १ करोड सम्म एक जनाबाट ठगि गरि फरार रहेका छन् । अहिले पिडित परिवारमा खैलाबैला मच्चिएको छ । पिडित परिवारले ब्याजमा दिएको रकम अहिले विना व्याज सावामात्र दिए पुग्ने भन्दै आएका छन् ।

२०६८ सालदेखि विभिन्न व्यक्तिहरुसंग बाहान बनाई व्याजमा पैसा माग्दै गरेको पिडित पक्षहरुको भनाई छ । उनीहरुले प्रहरी, प्रशासन र अदालतमा समेत न्यायको लागि गुहार गरे पनि आफुहरुलाई कतैबाट पनि न्याय नपाएको बताएका छन् । यसैविच ठगिका आरोप लागेका सिजापति, भण्डारी र टण्डनसंग फोन सम्पर्क गर्न खोज्दा तिनै जनाको मोवाईल फोन स्विचअफ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: