वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

नेपालगन्जवाट अब दिल्ली सिधा उडान हुने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, असार ९, २०७५ ।    

नेपालगंज (बाँके) ।
सरकारले नेपालगञ्ज–दिल्ली उडानका लागि बुद्ध एयरलाई अनुमति प्रदान गरेको छ । नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपालगञ्ज–दिल्ली उडानका लागि बुद्ध एयरलाई आज स्वीकृति दिएको जानकारी दिए । तीनरचार महिनामा त्यहाँबाट हवाई सेवा शुरु हुने भन्दै उनले बुद्ध एयरको विमानले छिटै नै काठमाडौं–दिल्ली परीक्षण उडान गर्ने तयारी गरिरहेको जानकारी समेत दिए ।

बुद्ध एयरले एटिआर ७२ विमान मार्फत दैनिक विहान साढे ६, दिउँसो साढे १ र साझ ५ बजेर १० मिनेटमा भारतको नयाँदिल्ली स्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि उडान अनुमति मागेको थियो । भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बद्ध एयरले जनाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयर अहिले एटिआर जहाजबाट भारतको बराणसी उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: