वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

‘ठाकुरबाबा नगरक्षेत्रका शिक्षक-विद्यार्थीहरूले मोवाईल प्रयोग गर्न नपाउने’

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, फाल्गुन ४, २०७४ ।    

ठाकुरबाबा नगर क्षेत्रका विद्यालयका विद्यार्थीहरूले बिद्यालय जांदा मोवाईल नलग्ने तथा शिक्षक, शिक्षिकाहरुले पनि कक्षा कोठामा मोवाईल प्रयोग गर्न नपाउने निर्णय गरेको छ । यदि नियम बिपरित कसैले मोबाइल लगेमा कारबाहि गरिने बताइएको छ । 

भुरिगाउँ, बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा बिहिबार व्यबहारिक शिक्षा लागु गर्ने बिषयमा सरोकारवाला ब्यक्तिसँग एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजनामा कृषि बिशेषज्ञ एबम ब्यबहारिक शिक्षाका अभियान्ता मदन राईको उपस्थितीमा ठाकुरबाबा नगरपालिकाका सरोकारवाला ब्यक्तिहरुको विच अन्तरकृया कार्यक्रम भएको हो ।
त्रिभुबन माद्यामिक बिद्यालयको सभा हलमा भएको कार्यक्रममा ठाकुरबाबा नगर क्षेत्रका विद्यालयका विद्यार्थीहरूले बिद्यालय जांदा मोवाईल नलग्ने तथा शिक्षक, शिक्षिकाहरुले पनि कक्षा कोठामा मोवाईल प्रयोग गर्न नपाउने निर्णय गरेको छ । यदि नियम बिपरित कसैले मोबाइल लगेमा कारबाहि गरिने बताइएको छ । पछिल्लो समय मोबाइल फोनको प्रयोगले बिद्यार्थीको पढाइमा नराम्रो असर परेकाले यसलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको ठाकुरबाबा नगरपालिका सुचना अधिकारी चक्रलपाणी आचार्यले जानकारी दिए ।


कृषि बैज्ञानिक मदन राईले शिक्षालाई दैनिक जीवन पद्धतिसंग जोडेर शिक्षा प्रदान गरिएमा सिकाई दिगो र प्रभावकारी हुने बताए । शिक्षामा बैकल्पिक र व्यावहारिक माध्यमवाट परिवर्तन ल्याउने उद्देश्यले खोटाङमा आफ्नै लगानीमा व्यावहारिक सिकाईसंग नेपाल सरकारको स्वीकृत पाठ्यक्रम अन्तर्गत रहि शिक्षा विद्यालय संचालन गरिरहेका वैज्ञानिक राईले भुरिगाउंमा आयोजित अन्तर्किया कार्यक्रममा उक्त विचार राखेका हुन ।
ठाकुरबाबा नगरक्षेत्रका विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको शैक्षिक उन्नतीमा नगरपालिका सदैब लागिरहने र त्यसमा विद्यालय, शिक्षक र अभिभावकहरुको पनि तदारुकतामा जोड दिदै नगरप्रमुख श्रेष्ठले शैक्षिक उनन्नयनका लागि आफु सधै एक कदम अगाडि रहेको बताए ।
ठाकुरबाबा नगरपालिका क्षेत्रको शैक्षिक सुधार तथा उन्नतिका सम्भावनाहरुको खोजी गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बर्दिया जिल्लाका जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले आफु खोटाङ जिल्लामा कार्यरत रहंदा मदन राईले संचालन गरेको विद्यालयले प्रदान गरेको व्यावहारिक शिक्षावाट प्रभावित भएको र व्यावहारिक शिक्षाको माध्यमवाट मात्रै बर्दिया जिल्लाको विकास गर्न सकिने विचार व्यक्त गरे ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख कृष्णा कश्मा थारु, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, श्रोत ब्यक्ति नन्दराम अधिकारी, ठाकुरबाबा नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, नगर कार्यपालिकाका सदस्य, ठाकुरबाबा नगरपालिका भित्रका ३२ वटा बिद्यालयका प्रधानाध्यापक, राजनैतिक दलका प्रतिनिधी लगायतको उपस्थीती थियो ।

प्रतिक्रिया दिनुहोस्: