वि.सं.   आइतवार, कार्तिक ४, २०७५   तदनुसार  21 October 2018

किन कसैको ध्यान गएन भेरी अञ्चल अस्पताल परिसरको प्रतिक्षालयमा ?

        भगतराम थारु   |   प्रकाशित मिति: मङ्लबार, चैत्र २०, २०७४ ।    

भगतराम थारु/नेपालगन्ज ।
विगत ७/८ बर्षदेखि भेरी अञ्चल अस्पताल परिसरमा बस्दै आएका परिवार को हुन् ? सवैलाई चासोको विषय बन्न गएको छ । लामो समय भेरी अञ्चल अस्पतालमा आफ्नो बासस्थान बनाएर बसोवास गर्दै आएका परिवारलाई कसैले ख्याल गरेन । चाहे घाम पानी आँधी हुरी आएपनि हरेक रात अस्पतालको एक कुनामा वित्ने गरेको छ जिन्दगी एक परिवारको ।

श्रीमान श्रीमति र ३ बर्षिय छोरी सहित करिव ७/८ बर्षदेखि नेपालगन्जको भेरी अञ्चल अस्पताल परिसरमा रहेको प्रतिक्षालयमा बस्दै आएका परिवारलाई कसैले चासो देखाएन् । ३ जनाको परिवार रहेको ति परिवार नगर प्रमुख डाक्टर धवल सम्सेर राणाले आफ्नो कार्यक्रम पारिश्रमिक पाएको भत्ताबाट निर्मित प्रतिक्षालयमा बस्दै आएका छन् ।

भेरी अस्पतालको इमरजेन्सी अगाडी रहेको प्रतिक्षालयमा ति परिवार बसेपछि त्यस ठाउँमा अरु विरामी कुरुवा र स्थानिय बस्न जान्नन् । लामो समयदेखि वसोबास गर्दै आएका ति परिवारका श्रीमानले जाँद रक्सी खाने र श्रीमति चाही मानसिक समस्या रहेको हुनाले यताउति हिडिरहने स्थानिय सुशान्त क्षेत्रीले बताए । श्रीमतिले आफ्नै तालमा अस्पतालमा रहेका विरामी तथा कुरुवासंग झगडा गर्ने गरेको समेत गर्ने गरेको स्थानिय क्षेत्रीले बताए । श्रीमानले यताउता माग्दै मागेको पैसाले रक्सी खाने गरेको बताए । उनिहरु बसेको ठाउँमा फोहरै फोहर रहेको हुनाले अस्पतालमा आउने सवैले नाक छोपेर हिड्ने गरेको अर्का स्थानिय आशिष बाल्मीकीले बताए । प्रतिक्षालयमा फोहरको थुप्रोले भरिएको छ, त्यसकारण प्रतिक्षालयमा बस्न कोही जान्नन् बाल्मीकीले भने,”प्रतिक्षालयमा फोहर र उनिहरुको बासस्थान नै रहेको हुनाले प्रतिक्षालयमा आराम गर्न कोही जान्नन् ।”

यस्तै भेरी अञ्चल अस्पतालमै अर्का एक जना हनुमान भन्ने पनि आश्रय लिने गरेको स्थानिले बताउछन् । साँझ पर्दै जादा ओपिडिको गेट अगाडी विस्तरा लगाए्र सुत्ने गरेको प्रत्यक्षदर्शीहरु बताउछन् । हरेक दिन राती गेट कव्जा गरेर सुत्ने गरेको स्थानियको भनाई छ । लामो समयदेखि अस्पतालमा आश्रय लिएर बसेका उनिहरुको उद्दारका लागि कसैले चासो देखाएको छैन् । विरामी तथा कुरुवालाई समेत बारम्बार सताउने र उनिहरुको उद्दारका लागि कसैले पहल नगर्दा विरामीहरु त्रसित भएका छन् ।
नेपालगन्जमा करिव दर्जन बढि असक्त असहाय र बृद्धबृद्धाहरुका लागि काम गर्ने संघसंस्थाहरु भएपनि उनिहरुको उद्दारका वारेमा चासो नदेखाएको अस्पतालका कर्मचारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: