वि.सं.   बुधबार, बैशाख १२, २०७५   तदनुसार  25 April 2018

न्यायधिसको सम्पत्ती विवरण बुझाउने होइन सार्वजनिक गर्छौं : कानुन मन्त्री तामाङ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, चैत्र ११, २०७४ ।    

भगतराम थारु, नेपालगन्ज।
कानुन मन्त्री शेर बहादुर तामाङले कानुन भन्दा माथि कोइ हुन नसक्ने बताएका छन । प्रेस चौतारी नेपाल बाँके शाखाले आज नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरेको कार्यक्रममा बोल्दै कानुन मन्त्री तामाङले कानुनको सर्वौच्चता स्थापित गर्न बर्तमान सरकार दृढतापुर्वक लागेको हुनाले पिडितलाई न्याय दिलाउन सकिने वातावरण सृजना गरिने बताएका हुन ।


सर्वोच्चदेखि लिएर सवै तहका न्यायधिशका सम्पत्ती विवरण बुझाउने होइन सार्वजनिक गर्ने कानुन बनाईरहेको मन्त्री तामाङले बताए । बास्तबमा न्यायलयलाई स्वच्छ निश्पक्ष र पारदर्शी बनाउन सकेनौ भने लोकतन्त्र स्थापित हुन नसक्ने उहाँले बताए । न्यायलयलाई जनमुखी र जनताले न्याय माग्न जादा खुसीसाथ न्याय पाउने अनुभुति दिलाउने खालको वातावरण सृजना गराउने मन्त्री तामाङले बताए । प्रेस चौतारीका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस चौतारीका केन्द्रिय सदस्य भेषराज बस्नेत लगायत विभिन्न संचार माध्यमका प्रत्रकारहरुको सहभगिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: