वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बढैयातालमा नेपाली बालिका भारतियबाट बलात्कृत

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, कार्तिक २६, २०७५ ।    

बढैयाताल,बर्दिया।
भारतिय नागरिकबाट बर्दिया बढैयातालकी नेपाली बालिका बलात्कृत भएकी छिन् ।बढैयाताल गाउँपालिका वडा नं-८ स्थित नेपाल भारतको सिमा क्षेत्र नजिक भारतिय ३ जनाको समुहबाट ११ बर्षिय नेपाली बालिका बलात्कारको सिकार भएकी हुन ।
नेपाल भारतको सिमाक्षेत्र नजिक नेपालको खाली जमिनमा गाई बाख्रा चराउन आएका भारतिय ३ जना बालकले बाख्रा चराउन गएकी बढैयाताल ८ बस्ने ११ बर्षिय बालिकालाई एक्लै भएको अवस्थामा सामुहिक बलात्कार गरेको पीडित बालिकाकी आमाले जानकारी गराईन। पिडित बालिकालाई बाख्रा चराउन गएका अन्य गोठालाहरुले अचेत अवस्थामा उद्धार गरि प्रहरी चौकी कालिका प्रहरीलाई जानकारी दिएका थिए ।
बलात्करमा संलग्न एक जनालाई भाग्दै गरेको अवस्थामा स्थानियको सहयोगमा नियन्त्रणमा लिई प्रहरी चौकी कालिकामा बुझाईएको र फरार अन्य २ जनालाई ईलाका प्रहरी कार्यालय मैनापोखरले भारतिय नागरिकसंगको समन्वयमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाको स्थलगत अध्ययन अनुसन्धान गरी घटनामा संलग्न अभियुक्त तिनै जनालाई घटना घटेको एक घण्टा भित्र पक्राउ गर्न प्रहरी सफल भएको प्रहरीको भनाई रहेको छ ।घटनामा संलग्न तिनै जना अभियुक्त जिल्ला बहराईच मोतिपुर थाना सिबरातिपुर गाउँका भएका र तिनै जना १४ देखि १८ बर्ष उमेरका हुन सक्ने प्रहरीको भनाई रहेको छ। पक्राउ परेका अभियुक्तहरु माथी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्षमण ओलीले जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस्: