वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

नेपाली क्रिकेटको फड्को : वान-डे अन्तर्राष्ट्रिय मान्यता

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र १, २०७४ ।    

काठमाडौँ ।
विश्वकप छनोटको प्लेअफ अन्तर्गत बिहीबार पपुवा न्यूगिनीविरुद्द ६ विकेटको शानदार जीत दर्ता गरेर नेदरल्यान्ड्स र हङकङको खेल कुरेर बसेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तत: वान-डे अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ । एसोसियट मान्यता पाएको २२ वर्षपछि नेपाली क्रिकेटले एक दिवशिय क्रिकेट खेल्ने एतिहासिक अवसर पाएको हो ।


आजै भएको अर्को प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालले वान-डे अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको हो । अब नेपालले विश्वकप छनोटको सातौं स्थानको खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्: