वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

चार लाख घुससहित अख्तियारकै एक अधिकारी नेपालगन्जबाट रंगेहात पक्राउ

        एजेन्सी   |   प्रकाशित मिति: आइतवार, माघ १३, २०७५ ।    

नेपालगन्ज, बाँके ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै मातहतमा काम गर्ने एक अधिकारीलाई घुस सहित नेपालगन्जबाट पक्राउ गरेको छ । अदुअआ केन्द्रीय कार्यालयबाट खटिएको अख्तियारकै बिशेष टोलीले अख्तियारको विशेष अनुसन्धान टोली सुर्खेतमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई आइतवार साँझ पक्राउ गरेको हो । जैसीको साथबाट लिदैगर्दाको चार लाख घुस समेत बरामद गरिएको बताईएको छ ।
नेपालगन्जमा कार्यरत इन्जिनियरसँग लिएको चार लाख रुपैयाँ घुससहित जैसीलाई पक्राउ गरी हिरासतमा राखिएको बताईएको छ । इन्जिनीयरसंग घुसको बार्गेनिङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी परेको थियो । अख्तियारले घुस दिने इन्जिनियरको नाम भने खुलाएको छैन । अख्तियारले नोट गरेको रकम सहित पक्राउ गरेको बताईएपनि जैसीले सो रकम हातमा लिन अस्विकार गरेको अख्तियार श्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...