वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

नेपालगन्ज मेडिकल कलेजका ल्याव कर्मचारी र डाक्टरको लापरबाही : एउटाको रिपोर्ट अर्कैलाई औषधी चलाईयो

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, फाल्गुन २३, २०७४ ।    

मधुवन, बर्दिया।
कोखा र घाँटीको समस्या लिएर नेपालगन्ज मेडिकल कलेजका डाक्टर एम किदवाईसंग चेकजाच गराउन पुगेकी बर्दिया मधुवन नगरपालिका—८ की भगवती गोदारको रिपोर्ट र औषधीमा अस्पतालले चरम लापरबाही गरेको खुलेको छ ।
अस्पतालको ल्याबका कर्मचारीले उनलाई अन्य २ जना व्यक्तिको रिपोर्ट दिएर पठाए पछि डाक्टर किदवाईले दोस्रो र तेस्रो विरामीको रिपोर्ट अनुसार भगवतीलाई औषधी खान लगाएको पाईएको हो । गत सोमबार अस्पताल पुगेकी ४३ बर्षिया भगवतीले डाक्टर किदवाईसंग आफना समस्या राखेपछि डाक्टरले इन्डोसकोपी, भिडियो एक्सरे र रगत जाँच गर्न लगाएका थिए । अग्रेजी पढ्न समस्या हुने भगवतीलाई ल्यावका कर्मचारीले अर्का विरामी ४१ बर्षका मेघराज विश्वकर्माको रगतको रिपोर्ट र ८ बर्षकी भूमीका शाहीको भिडियो एक्सरेको रिपोर्ट दिएर पठाएका थिए ।


रिपोर्ट लिएर डाक्टर किदवाईसंग पुगेकी भगवतीलाई डाक्टरले नाम नै नहेरी दोस्रो र तेस्रो व्यक्तिको रिपोर्ट अनुसारको औषधी लेखिदिएका थिए । घरमा आएर औषधी सेवन गरेपछि टाउको दुखने, रिंगाटा लाग्ने र वाकवाकी लाग्ने समस्या देखीएको पिडित भवगती गोदारको भनाई छ । औषधी सेवन प्रश्चात थप समस्या देखीए पछि नजिकैको फार्मेसीमा पुगेर सल्लाह लिएकी भगवतीले अहिले औषधी सेवन नगरेको बताईन । उनले प्रश्न गर्दै भनिन ‘मेरो रिपोर्टको औषधी अर्काे कसैले थाहा नपाएर खाइरहेको होला त्यसलाई गरेको असरको जिम्मेवारी को हुने ?’ । पिडित भगवती र ८ बर्षिया बालिका विच साटिएको भिडियो एक्सरेको रिपोर्ट अनुसार बालिकालाई औषधी चलाइएको छ या छैन खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्: