वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

चौथौ नेपालगन्ज म्याराथनको उपाधि नेपाल प्रहरीका राईले चुमे

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५ ।    

सोम गुुरुङ,नेपालगन्ज।
शान्ति,सद्भाव र एकता राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ नेपालगन्जमा शनिवार भएको चौथो ब्राइटल्याण्ड नेपालगन्ज म्याराथन दौडमा फुुल म्याराथान दौडतर्फ नेपाल प्रहरीका भुुमिराज राईले प्रथम भई ट्रफी चुुम्न सफल भएका छन् । उनले ४२ किलो मिटरको दुुरी २ घण्टा ३३ मिनेट २० सकेन्डमा पार गरेका थिए । त्यसै गरि दोस्रो स्थानमा एपिएफका खिम बहादुर खत्रीले २ घण्टा ३५ मिनेट ३२ सकेन्डमा पार गरेका थिए भने तेस्रो हुुने एपिएफका गणेश ठकुुरीले २ घण्टा ४७ मिनेट २८ सकेन्डमा पार गरेका थिए । चौथो हुुने बर्दियाका बल बहादुुर सुनारले ३ घण्टा १० मिनेट २८ सकेन्डमा पार गरेका थिए । पाँचौ हुने नेपाल प्रहरीका भिम बहादुुर रोकायले ३ घण्टा २० मिनेट ९ सकेन्डमा पार गरेका थिए । छैठौ हुुने नेपाल प्रहरीका प्रमोद खड्काले ३ घण्टा २१ मिनेट ५० सकेन्डमा पार गरेका थिए । सातौ हुुने नेपाल प्रहरीका गोपाल बुुढाले ३ घण्टा २४ मिनेट ३७ सकेन्डमा पार गरेका थिए भने आठौ हुुन सफल बाँकेका हरि घनकले ३ घण्टा २५ मिनेट ४० सकेन्डमा पार गरेका थिए ।
बिजयी हुुनेलाई क्रमशः ६० हजार, ३० हजार, २० हजार, १० हजार, ८ हजार, ७ हजार, ६ हजार र ५ हजार नगद सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको कार्यक्रम संयोजक यमनारायण महतोले जानकारी दिए । त्यसैगरि हाफ म्याराथन दौड महिलातर्फ प्रथम भई एपिएफका कान्छीमाया कोँजुुले हात पार्न सफल भईन । उनीले २१ किलोमिटरको दुुरी १ घण्टा २२ मिनेट ४२ सकेन्डमा पार गरेका थिए । त्यसै गरि दोस्रो हुुन सफल बृन्दा धन्के श्रेष्ठले १ घण्टा २५ मिनेट ४४ सकेन्डमा पार गरेका थिए । तेस्रो हुुन सफल एपिएफका कृष्णस्वरी सिन्टकलाले १ घण्टा ३१ मिनेट ४५ सकेन्डमा पार गरेका थिए । चौथो हुुन सपल पूर्वी रुकुुमका कञ्चन पुुन मगरले १ घण्टा ४३ मिनेट २९ सकेन्डमा पार गरेका थिए । पाँचौ हुुन सफल कालिकोटका बतीसरा बमले २ घण्टा २० मिनेटमा पार गरेका थिए । छैठौ हुन सफल बाँकेक अन्जुु मल्लले २ घण्टा २९ सेकेन्डमा पार गरेका थिए । उनीहरुले क्रमशः ३० हजार, १५ हजार, १० हजार, ८ हजार, ७ हजार, ५ हजार सहित प्रमाण पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।
त्यसै गरि ५ किलो मिटर दौडमा पुुरुषतर्फ जुुम्लाका नरेश बुढाले प्रथम स्थान हासिल गरेका छनु । उनले ५ किलो मिटर दुरीलाई १६ मिने ३५ सेकेन्डमा पार गरेका थिए । त्यसै गरि दोस्रो हुुन सफल बर्दियाका माधव चौधरीले १६ मिनेट ५६ सेकेन्डमा पार गरेका थिए । तेस्रो हुन सफल कालिकोटका सन्तोषनाथ योगीले १६ मिनेट ५७ सेकेन्डमा पार गरेका थिए भने चौथो हुुन सफल जुुम्लाका प्रकास कठायतले १६ मिनेत ५८ सेकेन्डमा पार गरेका थिए । ५ किलो मिटर दौडमा पुुरुषतर्फ बिजयी हुुनेलाई क्रमशः नगद ५ हजार, ५ हजार, २ हजार र १ हजार साथै प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसै गरि ५ किलो मिटर दौडमा महिला तर्फ कालिकोटका मंगला बुुढाले प्रथम स्थान हासिल गर्न सफल भएकी छिनु । उनीले १९ मिनृट ४९ सेकेन्डमा पार गरेका थिए । दोस्रो हुुन सफल दाङका अनिषा चौधरीले २० मिनेट ३९ सकेन्डमा पार गरेका थिए । तेस्रो हुुन सफल दाङका सुुमित्रा चौधरीले २० मिनेट ५५ सकेन्डमा पार गरेका थिए भने चौथो हुुन सफल जुुम्लाका रेजिना बस्नेतले २१ मिनेटमा पार गर्न सफल भएका थिए । ५ किलो मिटर दौडमा महिलातर्फ बिजयी हुुनेलाई क्रमशः नगद ५ हजार, ५ हजार, २ हजार र १ हजार साथै प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । २ किलो मिटर वाकथानमा प्रदिप पण्डित प्रथम रामलाल यादव दोस्रो र केशव बिसी तेस्रो भएको बरिष्ठ एथ्लेटिक्स प्रशिक्षक रेस डाईरेक्टर चन्द्र बहादुुर गुुरुङले बताए । क्रियटिभ हयाण्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको विजेताहरुलाई राष्ट्रिय खेलकुुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विस्ट, नेपालगन्ज उपमहानगरपालिका मेयर धवल शम्सेर राणाले पूरस्कार वितरण गरेका थिए । दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिन २०६३ मंसिर ५ गतेलाई संस्मरण गर्दै नेपालगन्ज म्याराथनको आयोजना गरिएको क्रियटिभ हयाण्ड्सका अध्यक्ष टिएस ठकुुरी जानकारी दिए । सोही अवशरमा गिनिज बुुकमा आफनो नाम लेखाउन सपल धावक हरि बहादुुर रोकायलाई उपचारको सहयोगको लागि बाँके जिल्लाा तथा मध्य पश्चिम खेलकुुद विकास समितिमा कार्यरत प्रशिक्षक तथा कर्मचारीहरुले नगद २० हजार सहयोग गरेको मध्य पश्चिम खेलकुुद विकास समितिका अध्यक्ष भिम ओली जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्: