वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

नेपाल महिला संघ बर्दियाले बुझायो जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, अशोज ८, २०७५ ।    

गुलरिया (बर्दिया) ।
देशमा बढिरहेका अपराधका घटनाहरुमा संलग्नहरुलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाहिको माग गर्दै नेपाल महिला संघ बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएको छ ।

नेपाल महिला संघ बर्दियाका अध्यक्ष एबम् गुलरिया नगरपालिकाका नगर उपप्रमुख सुसीला गिरी र नेपाली कांगे्रस महासमिति सदस्य मालती सोडारीले एक कार्यक्रममा बिच बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा हाल देशब्यापी रुपमा महिला, बालबालिका विरुद्ध हत्या, हिंसा, अपहरण तथा बलत्कारका घटनाहरु दिन प्रतिदिन बढ्दै गईरहेको र राज्य मौन रहेको तथा कतै बोक्सीको नाममा महिला माथी क्रुर यातना दिने काम भईरहेको उल्लेख गरिएको छ ।

यस्तै उनिहरुले अपराधिक घटनामा संलग्न सम्पूर्ण दोषीहरुलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने भन्दै यस्ता हरेक घटनाको गम्भिरतापूर्वक छानवीन गरी सत्यतथ्यको आधारमा सम्पूर्ण अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । यसैगरी यस्ता घटनाहरु पुनः नदोर्याउनका लागी राज्यका पुलिस प्रशासनलाई अझ जिम्मेवार र संवेदनशिल बनाई गम्भिरतापूर्वक कदम चाल्न बिज्ञप्ती मार्फत सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: