वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

करन चम्केपछी नेपालको सनससनीपूर्ण जीत : नेपाल विश्वकप छनौटमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, फाल्गुन २, २०७४ ।    

काठमाण्डौ।
क्यानडालाई सनसनीपूर्ण तरिकाले हराउँदै नेपाल डिभिजन एकमा बढुवा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले क्यानडालाई सनसनीपूर्ण तरिकाले हराउँदै डिभिजन एकमा बढुवा भएको हो।
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि करन केसीले सम्झनलायक प्रदर्शन गरेपछि हारिसकेको खेल नेपालको पक्षमा गएको हो। यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गर्नुका साथै विश्वकप एक दिवसीको छनोट खेल्ने मौका पाएको छ।
पूरै नेपाली खेल उल्टाएका केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहे। सँगै नटआउट रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रन मात्र बनाए पनि केसीलाई पुरा साथ दिए। नेपालको जितका लागि करणको प्रदर्शन सनसनीपूर्ण रह्यो। नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए। आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए। यस्तै १२ बल खेलेका सोमपाल कामीले ‍७ रन बनाएर आउट भए। चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए। सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए। उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए। परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए । छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए।
खेलमा अन्तिममा बलर करन केसी र सोमपाल कामीले नेपाललाई सम्मानजनक स्कोर बनाउन सहयोग गरे।

प्रतिक्रिया दिनुहोस्: