वि.सं.   बुधबार, बैशाख १२, २०७५   तदनुसार  25 April 2018

विकास निर्माण : नाली निर्माण ढिलाइले स्थानियहरु सास्ती भोग्दै

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: सोमवार, चैत्र १९, २०७४ ।    

निर्माणाधिन सडकमा बुङबुङ उड्ने धूलो छ, साथै बजार क्षेत्रमा नाली निर्माणका लागी राखिएको गिट्टी, ईँटा र बालुवाका थुप्रा जताततै छन् । जसका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै धुलो तथा अस्तब्यस्त नालीका कारण स्थानियबासी तथा ब्यवसायीहरु पिडित बनेका छन् ।

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) ।
भुरिगाउँ–गुलरिया हुलाकी सडक कालोपत्रेका लागी काम अघि बढि रहँदा स्थानियबासीहरु भने पिडित बन्दै गएका छन् । हुलाकी सडक कालोपत्रेका लागी काम अघि बढिरहँदा सडक किनारको नाली निर्माणमा ढिलाई हुँदा ठाकुरबाबा नगरपालिकाको बगनाहा क्षेत्रका स्थानियबासीहरु भने पीडित भएका छन् । सडक निर्माणको समयमा निर्माण ब्यवसायीको लापरवाहीका कारण बगनाहा बजारको नाली निर्माणमा ढिलाई हुँदा स्थानिय बासिन्दाहरु संगै ब्यापारिक क्षेत्र पनि पीडित भएका हुन् ।

निर्माणाधिन सडकमा बुङबुङ उड्ने धूलो छ, साथै बजार क्षेत्रमा नाली निर्माणका लागी राखिएको गिट्टी, ईँटा र बालुवाका थुप्रा जताततै छन् । जसका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै धुलो तथा अस्तब्यस्त नालीका कारण स्थानियबासी तथा ब्यवसायीहरु पिडित बनेका छन् ।

सडक निर्माणका क्रममा ठाकुरबाबा नगरपालिकाको बगनाहा बजार क्षेत्रमा बनाउन लागीएको नाली निर्माणको काममा ढिलासुस्ती र लापरबाहीले १ महिना देखी बगनाहा बजारमा ब्यवसाय गर्दै आईरहेकाहरु यसको प्रत्यक्ष मारमा परेका हुन । साथै बजार क्षेत्रमा आवतजावत गर्ने यात्रुहरु दुर्घटनाको जोखिम मोल्न बाध्य रहेका छन् । बजार क्षेत्रमा निर्माण गर्न लागीएको नालीको काम अधुरै छोडेको महिना दिन भन्दा बढी हुन लाग्दा पनी ठेकेदार कम्पनीले बेवास्ता गरेको बगनाहा बजारमा हार्डवेयर ब्यवसाय गर्ने गणेश श्रेष्ठले गुनासो गरे ।

नाली निर्माणको लागी खाल्डो खनिएको र पर्खाल समेत निर्माण भई सकेको अवस्थामा काम अधुरै छोड्नु र निर्माणका लागी रादिएको सामान अव्यवस्थीत रुपमा सडक छेउमा छोड्नाले दुर्घटना बढी रहेको अर्का ब्यवसायी मिनराज देबकोटाले बताए । निर्माण हुँदा हुँदै अलपत्र रुपमा छोडिएको नालीको पर्खालहरु समेत भत्किने क्रममा रहेको स्थानियले गुनासो गरेका छन् ।

सडक निर्माणको काम चलि रहँदा स्थानियहरु धुलोको समस्या समेत भोग्न बाध्य भएका छन् । धुलोकौ कारण ब्यापारमा समेत गिरावट आएको अनुभव छ अर्का ब्यवसायी जनक विष्टको । धुलोकै कारण पसलमा ग्राहक आउनै छाडेको व्यापारीहरूको गुनासो छ ।

धूलाम्य सडक बनाएर नागरिकको स्वास्थ्यलाई ख्याल नगरेको भन्दै केहि हप्ता अघि बगनाहा तथा ताराताल क्षेत्रका बासिन्दाले ट्रिपर रोकेर विरोध समेत गरेका थिए । सो समयमा विहान र साँझ पानी हाल्ने सहमतीमा ट्रिपर चल्न दिईएको थियो । त्यसको केहि दिन ठेकेदार कम्पनीले सडकमा पानी छरेर धूलो केही कम गराएको भए पनी अहिले फेरि पानी हाल्न छाडेका कारण धुलो उत्तिकै उडिरहेको स्थानियवासीहरुले गुनासो गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: