वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

ठाकुरबाबामा संचालित घुम्ती शिवीरबाट एकै दिनमा १७३ जनालाई नागरिकता वितरण

        भावुक योगी   |   प्रकाशित मिति: बुधबार, असार ६, २०७५ ।    

भावुक योगी/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका वडा नं. ३ बगनाहामा संचालन भएको नागरिकता घुम्ती सेवा शिविरबाट पहिलो दिनमै १ सय ७६ जनाले नागरिकता पाएका छन् । महिला १०७ र पुरुष ६६ गरि १७३ जनाले नागरिकता पाएका हुन जस मध्य अपांगता भएका महिला २ र अपांगता भएका पुरुष १ समेत रहेका छन् ।

ठाकुरबाबा नगरपालिकाको वडा नं. १ देखि ५ नं. वडाका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा संचालन गरिएको एकदिने नागरिकता घुम्ती शिविरबाट १ सय ७३ जनालाई नागरिकता प्रदान गरीएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत अर्जुन सुबेदीले बताए । शिविरीमा नागरिकता बनाउन आउनेको संख्या बढेपछी एकदिन थप गरी बुधवार पनि शिविर संचालन हुने बताईएको छ । यस्तै एकसाता पछी ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६ देखि ९ सम्मका लागि ठाकुरद्धारामा एकदिने नागरिकता घुम्ती शिविर संचालन हुने जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा मध्ये नागरिकता बनाउन अशक्त, अपाँग र असाहयका लागि छिटो छरीतो सेवा जनताको घरदैलो मै पुर्याउने उद्धेश्यले नागरिकता घुम्ती शिवीर संचालन गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बताए ।

वर्षायाममा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडकमा जोखिम यात्रा गर्दै नागरिकता बनाउन सदरमुकाम धाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै नगरवासीको सहजताका लागि पहिलो पटक भएपनि ठाकुरबाबा नगरपालिकामा नागरिकता घुम्ति शिविर सेवा प्रदान गरीएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।

स्थानिय तह भएको एक वर्षमा पहिलो पटक भएपनि नागरिकता घुम्ती शिविर संचालन भएपछी नगरवासीहरु खुसी भएका छन् । यस्ता खालका जिल्लाका कार्यालयबाट प्रवाह हुने नागरिकता संगै अन्य सेवा पनि ल्याउन र चाँडो भन्दा चाँडो ईलाका प्रशासन ठाकुरबाबा नगरपालिकामा ल्याउन पनि नगरवासीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: