वि.सं.   बुधबार, माघ ९, २०७५   तदनुसार  23 January 2019

आगलागिबाट बच्न नगरवासीमा नगरप्रमुखको अनुरोध

        गान्दिप कायस्थ   |   प्रकाशित मिति: मङ्लबार, बैशाख ११, २०७५ ।    

गान्दीप कायस्थ/राजापुर (बर्दिया) ।
राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीले आगलागिबाट बच्न समुदाय आफै पनि सचेत हुनु पर्ने बताएका छन । आज पत्रकारहरु संगको भेटमा नगर प्रमुख चौधरीले कुरा बताएका हुन ।

बैशाख जेष्ठ महिनामा आगलागिका घटनाहरु धेरै हुने भएकोले आगलागि जस्ता घटनाहरुमा सचेत भई सावधानी अपनाउनु पर्ने उनको भनाई रहेको छ ।

आगलागी भएर नियन्त्रणमा दिनु भन्दा आगलागी नै हुन नदिनु उत्तम हुने बताउँदै आगलागीको जोखिम बढाउने सामागरीको परयोगमा ध्यान दिनु पर्ने बताउदै आगलागी भएको कही कतै देखिएमा नजिकको प्रहरी कार्यालय वा राजापुर नगरपालिकामा रहेको दमकललाई ९८५८०२६६९७, ९८००८९६०९० मा जानकारी गराउन समेत अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: