वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

गुलरियामा श्रीमानद्वारा श्रीमतीको विभत्स हत्या

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, पुस २४, २०७५ ।    

गुलरिया,बर्दिया।
बर्दियाको सदरमुकाम गुलरियामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन। गुलरिया नगरपालिका वडा नं-५ मा नेपाली सेनाको जबरजंग गण बुटवलमा कार्यरत सैनिक जवान श्रीमान मोहन बोहराले आफ्नै श्रीमती सुष्मा पुन बोहराको विभत्स तवरले हत्या गरेका हुन।
गुलरिया नगरपालिका–५ कृष्णसार टोलका ३५ वर्षीय मोहनले २५ वर्षीया पत्नी सुष्मा कुँवर बोहराको दाउराले हानेर हत्या गरेको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । ‘झुलको डण्डा हानेको छ, कुर्सीले हानेको छ, दाउराले हानेको छ,’ मैनालीले भने,‘आपसी मनमुटावले घटना भएको देखिएको छ ।’ आपसी मनमुटाव र बैमनस्यताबाट यो घटना श्रिजित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
हत्या गरि फरार मोहन बोहोरालाई स्थानीय र प्रहरीको सक्रियतामा गुलरिया २ खैरापुरबाट प्रकाउ गरि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । हत्या भएकी सुष्मा गुलरियास्थित घाँमछाया सहकारी संस्थामा कार्यरत थिईन।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...