वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

मुक्तक: रातो बाकसमा भन्सार लाग्छ कि लाग्दैन? [स्वतन्त्र नेपाल]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन १२, २०७४ ।    
  • स्वतन्त्र नेपाल

(१)
बनाउनु छ यो समाचार लाग्छ कि लाग्दैन
भनिदेउ न ए सरकार ! लाग्छ कि लाग्दैन
प्रत्येक दिन खाडीले रातो बाकस पठाउछ,
रातो बाकसमा भन्सार लाग्छ कि लाग्दैन?

(२)
नगर रगतको अपमान धर्म कमाउछौ
कुरा बुझ न जवान धर्म कमाउछौ,
प्रेमको प्रमाणमा हात काट्नु भन्दा
बरु गर न रक्तदान धर्म कमाउछौ।

(३)
कुर्सीमा पुग्न जनतालाई बनाइन्छ ढाल, सहमत हुनुहुन्छ ?
झन भन्दा झन देश भएको छ कंगाल, सहमत हुनुहुन्छ ?
उस्ले सोध्यो “अदालतबाट नै दमन कुन देशमा हुन्छ भनी”
मैले जवाफमा निर्धक्क भनिदिए नेपाल, सहमत हुनुहुन्छ ?

(४)
न आमाले पाइन, न सन्तानले पायो
न प्रविधिले पायो, न बिज्ञानले पायो
अस्पतालमा श्रीमतीले बच्चा जन्माइन
बधाई कार्यालयमा श्रीमानले पायो ।

(५)
विरहरुको नै हु सन्तान भन्दै सान गरौ कि नगरौ?
चलन,चल्ती, धर्म र सस्कृतिको सम्मान गरौ कि नगरौ ?
मलाई धारा र मन्दिरमा निषेधित गर्नेहरुले जवाफ देउ,
कसैलाई रगतको अभाब छ मैले रक्तदान गरौ कि नगरौ ?

उज्यालो लाल्टिन प्रतिष्ठान
रुपन्देही, नेपाल

प्रतिक्रिया दिनुहोस्: