वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

मुख्यमन्त्री नियुक्त गर्ने तयारी : पोख्रेल मुख्यमन्त्री र घर्ती सभामुख बन्ने निश्चित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, फाल्गुन २, २०७४ ।    

बुटवल।
बिभिन्न प्रदेशहरुमा आज मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । यसै अनुरुप प्रदेश नं ५ मा पनि यसको तयारी तिब्र पारीएको छ । प्रदेश नम्बर ५ का एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन ।
त्यसअघि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकले औपचारिक रुपमा सभामुख चयन गर्नेछ । प्रदेश नं ५ मा माओवादीका पूर्णवहादुर घर्ती सभामुख बन्ने निश्चित जस्तै छ । मुख्यमन्त्रीको सपथ भने भोली दिउसो ३ बजेका लागि तय भएको छ ।
पहिला चरणमा पोखरेलसँगै एमालेबाट बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसी सहितको ३ सदस्यीय मन्त्रीमण्डल बन्ने एमाले सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: