वि.सं.   सोमवार, बैशाख ९, २०७६   तदनुसार  22 April 2019

बर्दियामा मोटरसाईकल दुर्घटना: एकको ज्यान गयो, घाइते दुई जना उपचार पछी घर फर्के

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, माघ १६, २०७५ ।    

ठाकुरबाबा, बर्दिया।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको बन्तरिया भन्ने ठाउँमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना सवार मोटरसाइकल गम्भिर घाईते एकको मृत्‍यु भएको छ। दुर्घटनामा घाइते भएका मधुवन नगरपालिका–२ का २० वर्षीय मंगलराम थारुको मृत्यु भएको हो । गएराती करिब साढे ११ बजे ठाकुरबाबा नगरपालिकाबाट मधुवन जाने क्रममा दुर्घटनामा परेका मोटरसाइकल चालक थारुको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेका मधुवन नगरपालिकाका अर्जुन थारु र सुदन थारु उपचारपछि घर फर्किसकेका छन् । मृतक मंगलराम घटनामा घाइते भएका अर्जुन थारुका भाई रहेको प्रहरी सहायक निरिक्षक भुपेन्द्र लुंगेलीले बताए ।
भुरिगाउँदेखि ठाकुरद्वारा हुँदै घर तर्फ जाँदै गरेको तिन जना सवार भे ३ प ९७१८ नम्बरको मोटरसाइकल मंगलवार राति बन्तरिया गाउँ नजिक काठको पुलबाट खसेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...