वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

मोटरसाईकलको ठक्करले किशोरीको मृत्यु, चालकबिरुद्ध ज्यान मुद्दा चलाउने तयारी

        छापाबाट   |   प्रकाशित मिति: बुधबार, चैत्र २८, २०७४ ।    

गुलरिया (बर्दिया) ।
तिब्र गतिमा चलाएको मोटरसाईकलको ठक्करबाट घाइते भएकी एक किशोरीको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको छ ।

गुलरिया वाईपास चोक नजिक भे ३ प १९५० नम्बरको ठक्करले १२ वर्षिया किशोरी स्वस्तीका थारुको मृत्यु भएको प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।

गुलरिया—८, कि थारुलाई ठक्कर दिई फरार भएका सवारी चालक १४ वर्षीय किरण दसौदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी अनुमतिपत्र नभएका दसौदी माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

– कमल पन्थीको यो समाचार हामीले कान्तिपुरबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: