वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

जनतालाई सुचना दिन ठाकुरबाबा र गेरुवाले शुरु गरे मोबाइल एप

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, असार १७, २०७५ ।    

बगनाहा, बर्दिया ।
ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाले जिल्लामै पहिलो पटक जनताको सुचनाको हकलाई ध्यानमा राख्दै मोबाइल एप सन्चालनमा ल्याएका छन । सूचना प्रविधिको युगलार्इ मध्यनजर गर्दै सार्वजनिक सेवा प्रवाहलार्इ प्रभावकारी र जवाफदेही बनाउनुका साथै नगरपालिका भित्रका आमजनता तथा सरोकारवालाहरु माझ सूचनाको सहज पहुँच र सूचनाको हकको प्रत्याभुति गर्न मोबाइल एप सन्चालनमा ल्याईएको ठाकुरबाबा नगरपालिका जनाएको छ । त्यस्तै जनतासंग प्र्त्यक्ष सम्बन्ध राख्न मोबाइल एपले सहयोग पुर्‍याउने गेरुवा गाउँपालिकाले जनाएको छ ।

एन्ड्रोइड मोबाइलमा सजिलैसंग डाउनलोड गरी आफ्नो नगरपालिकाले गरेका कार्य प्रगती, निर्माण गरेका नितीनियम सबै हेर्न सकिने सो एप डाउनलोड गर्न गुगल प्ले स्टोरमा गई “Hamro Thakurbaba” टाइप गरेर खोज्न सकिने नगरपालिकाले जनाएको छ ।
त्यस्तै गेरुवा गाउँपालिकाको एप डाउनलोड गर्न “Hamro Geruwa” टाइप गरेर खोज्न सकिने गाउँपालिकाले जनाएको छ ।

सबैको हातहातमा मोबाइल भएको यो युगमा जनताले सहज तवरले सुचना पाउने मोबाइल एपको सन्चालन भएसँगै आफ्नो नगरपालिका वा गाउँपालिकाले के कस्ता कामकार्वाही, निती नियम बनाएका छन हेर्न सक्नेछन ।
स्मरण रहोस्, बर्दियाका आठै वटा स्थानिय तहका आफ्नै वेबसाइट सन्चालनमा छन ।

प्रतिक्रिया दिनुहोस्: