वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

जनताले चाहेमा बहुमतले संविधान फेरबदल गर्न सकिन्छ : नेपाल

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, फाल्गुन १३, २०७४ ।    

भगतराम थारु/नेपालगञ्ज।
नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले र माओवादी केन्द्र पार्टी छिट्टै एकिकरण हुने बताएका छन । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बाँकेको सयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै पुर्व प्रधानमन्त्री नेपालले पार्टी एकिकरण पछि देशमा विकासले ठुलो फड्को मार्ने पनि बताएका छन ।

पेरिस डाँडा या बल्खु स्थित नै पाटी एकिकरण हुने नेपालले दावी समेत गरे । पाटी एकताले आफु सन्तुष्ट रहेको जनाउदै नेता नेपालले पार्टी एकतापछि क्रान्तिकरण गरेर अगाडी बढ्ने कुरामा जोड दिएका छन । पार्टी एकताले देशको विकासमा टेवा पुग्ने भएको हुनाले एकिकरण गर्न आवश्यक रहेको नेपालले दावी गर्दै नेता नेपालले देशको विकासका लागि जनताले चाहेमा जनताकोे बहुमतले संविधान फेरबदल गर्न समेत सकिने जिकिर गरे ।

जनताको बहुदलीय जनवाद निरन्तर चलिरहने, जबजको पहिलो चरणको च्याप्टर क्लोज भएपछि दोश्रो चरणको सुरुवात हुने र यो निरन्तर चलिरहने नेता नेपालले बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका लागि गठित संयुक्त राजनीतिक समितिका संयोजक समेत रहेका नेता नेपालले एकैपटकमा समाजवादमा नपुगिने टिप्पणी गरेका छन ।

पार्टी एकतामा धेरै बिलम्ब नहुने भन्दै नेपालले बिना बाधा र अवरोध पार्टी एकताको काम सम्पन्न हुने बताए । पत्रकारहरुद्वारा सोधिएको प्रश्नको जवाफमा नेता नेपालले पार्टी एकतामा आफु ओझेलमा पर्नै नसक्ने दावी समेत गरे । एकता संयोजक समितिको सदस्य र राजनीतिक समितिको संयोजकको भूमिका पाएको ब्यक्ति ओझेलमा पर्न नसक्ने भन्दै नेता नेपालले पार्टीमा देखिएका विकृती र बिसङ्गति टुंग्याउनुपर्ने र पार्टी कमिटीलाई क्रान्तिकारी बनाउनुपर्ने आफनो मान्यता रहेको बताए । नेपालगन्जमा हुने एक बैवाहिक कार्यक्रममा सहभागी हुन पुर्ब प्रधानमन्त्री नेपाल नेपालगन्ज आएका हुन ।

प्रतिक्रिया दिनुहोस्: