वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बर्दियाका सफल ब्यवसायीहरुले कलाकारलाई गरे भब्य स्वागत तथा सम्मान

        सन्तोष श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ ।    

काठमाडौं।
बर्दियाका सफल ब्यवसायीहरुले कलाकारहरु लाई भब्य स्वागत तथा सम्मान गरेका छन । युवा गायक कमल बिसी माल्दाईको झ्याउरे गितको सुटिङका क्रममा उनिहरुले उक्त गितमा अभिनय गर्ने ५ जना कलाकार लाई सम्मान गरेका हुन । बर्दिया बाँसगढीका सफल ब्यवसायी तथा बुद्धिजीवी शंकर शर्मा, राजु सुबेदी र ईन्द्रजित बुढाक्षेत्रीले सुटिङमै कलाकार लाइ दोसल्ला ओढाएर सम्मान गरेका थिए। सम्मानित हुनेमा निर्देशक बिक्रम चौहान, गायक कमल बिसी माल्दाई, मोडल करिश्मा सिंह, सुश्मिता शाही र संदिक्षा केसी रहेका छ्न । उक्त सुटिङ बर्दियाको बासगढि-६ दमौलीमा भएको थियो। गाउमा सुटिङ युनिट जादा स्थानीय पनि निकै खुशी भएका थिए । 

यसैबिच गायक कमल बिसी माल्दाईको “मेरो माया” बोलको उक्त झ्याउरे गीत सार्वजनिक भएको छ । उक्त झ्याउरे गित गायक बिसीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन । फरक आवाज भएका गायक बिसीले आफ्नै जन्मभूमि बर्दियामा गएर यस गीतको सुटिङ्ग गरेका हुन । बर्दियाको बाँसगढी ६, दमौली र कर्णाली चिसापानीमा सुटिङ्ग गरिएको यस गीतको म्युजिक भिडियो निकै नै उत्कृष्ट बनेको छ । बर्दिया बाँसगढीका सफल ब्यवसायी तथा समाजसेबी शंकर शर्मा, राजु सुबेदी र ईन्द्रजित बुढाक्षेत्रीको ब्यवस्थापन र सकृयतामा यस गीतको सुटिङ्ग गरिएको हो । गायक बिसी र तुलसी घर्ती मगरको आवाजमा रहेको यस गीतमा स्वयम् गायक कमल बिसी माल्दाई, बिक्रम चौहान, करिश्मा सिंह, सुस्मिता शाही र संदिक्षा केसीले उत्कृष्ट नृत्य तथा अभिनय गरेका छन । बिक्रम चौहानको निर्देशन रहेको यस गीतको छायाँकन धनश्याम चौधरी (जि स्माईल)ले गरेका हुन भने सम्पादन मिलन बिक र पदम सुबेदीले गरेका हुन । पर्यटकिय क्षेत्र बर्दिया र सुर्खेतको सिम्तालाई समेटिएको यस गीतमा प्रेमी प्रेमिका बिचको रमाईलो भेटघाट र कुराकानीलाई देखाउन खोजिएको छ । कमल सिम्ताली र डम्मर मल्लको प्रस्तुति रहेको यस गीतको शब्द,लय तपिकुमार सिंह ठकुरीले गरेका हुन । शंकर शर्मा (सारा अटोमोबाईल्स बाँसगढी बर्दिया), राजु सुवेदी (सौगात केवल नेटवर्क बाँसगढी बर्दिया), ईन्द्रजित बुढाक्षेत्री (ईन्द्रजित साईकल स्टोर्स बाँसगढी बर्दिया), खगेन्द्र नेपाल (सुर संगम कला केन्द्र भुरीगाउँ बदिया), धनबहादुर श्रेष्ठ र कबिराज श्रेष्ठ (ब्रो रिटर्न रेस्टुरेन्ट दमौली बर्दिया), केशब चालिसे (बागेश्वरी डान्स सेन्टर कोहलपुर मदनचोक), जिवराज पौेडेल (न्यु राज मोबाईल कर्नर भुरीगाउँ बदिया), सन्तोष श्रेष्ठ (बर्दिया अनलाईन), महेन्द्र बिष्ट, प्रकाश भट्ट क्षेत्री लगाएत उद्योगी ब्यवसायी र स्थानीयबासीहरुको सहयोगमा यस गीतको म्युजिक भिडियो सुटिङ्ग सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: