वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

मेरो माया कता छ कुन्नी…? माल्दाईको नाचुँनाचुँ लाग्ने झ्याउरे गीत भिडियो सहित

        सन्तोष श्रेष्ठ   |   प्रकाशित मिति: सोमवार, कार्तिक १९, २०७५ ।    

बर्दिया।
बर्दियाली चर्चित लोक दोहोरी गायक कमल बिसी माल्दाई आफ्नी माया खोज्दै सांगितिक बजारमा नाचुँनाचुँ लाग्ने गीत लिएर आएका छन । “मेरो माया कता छ कुन्नी…” बोलको झ्याउरे गीत माल्दाईले शनिवार आफ्नै युट्युबबाट सार्वजनिक गरेका हुन ।
झ्याउरे गीतमा कमल बि.सी. माल्दाई र तुलसी घर्ती मगरको स्वर रहेको छ भने गीतको शब्द रचना र संगीत तपि कुमार सिंह ठकुरीले गरेका हुन्। मौलिक झ्याउरे यो गीत र नाँच नेपालको पश्चिमी भागमा अत्याधिक रुचाईने भएकाले त्यसलाई टपक्क टिपेर आफुले गाएको माल्दाईले बताए ।
बर्दियाको बिभिन्न स्थान र बर्दिया कै स्थानिय कलाकारहरुको अभिनय रहेको उत्कृष्ट भिडियोमा बिक्रम चौहान, कमल बि.सी.माल्दाई, करिष्मा सिहं ठकुरी, सुस्मीता शाही ठकुरी र डम्मर मल्ल ठकुरीको दमदार झ्याउरे नाच रहेको यस भिडियोको निर्देशन बिक्रम चौहानले नै गरेका हुन्।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्: