वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

ठाकुरबाबाका नगरप्रमुखलाई तरकारीको मालाले स्वागत

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बिहिबार, बैशाख २७, २०७५ ।    

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले देशमा ब्याप्त बेरोजगारी समस्या समाधान गर्न प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका छन् । ठाकुरबाबा नगरपालिका–३, जुडपानीमा रहेको श्री चुरे माद्यमिक विद्यालयको प्राविधिक शिक्षा तर्फको कृषि आई पी एम कार्यक्रमको अवलोकन गर्न विद्यालय पुगेका नगरप्रमुख श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

विद्यार्थीहरुले लगाएको तरकारि खेतीको निरिक्षण गर्दै नगरप्रमुख श्रेष्ठ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले शिक्षा क्षेत्रका लागी आफुले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने बताए। राज्यले प्राविधिक शिक्षालाई विशेष महत्व दिन नसकेकाले धेरै युवाजनशक्ति बेरोजगार हुनु परेको र जसको कारणले राज्यलाई ठुलो नोक्सानी भई रहेको बताउँदै ग्रामिण क्षेत्रमा चुरे माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरुले सुरुवात गरेको प्राविधिक धारको अध्यापनको प्रशंसा समेत गरेका छन् ।

नगरप्रमुखलाई तरकारिको माला लगाई दिएर स्वागत गर्दै विद्यार्थीहरु ।

नगरप्रमुख श्रेष्ठले विद्यालमा अध्यापन भई रहेको कार्यक्रमहरुको निरिक्षण गर्नुका साथै जिद्यार्थीहरुले लगाएको तरकारी बालीहरुको समेत निरिक्षण गरेका छन् । कार्यक्रमको निरिक्षण गर्न विद्यालय पुगेका नगरप्रमुखलाई विद्यार्थीहरुले भेण्डी, टमाटर, करेला लगायतको तरकारीहरुको माला लगाई दिएर स्वागत गरेका थिए । हाल विद्यालयमा बर्दिया सहित पश्चिम नेपालको धेरै जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् ।

विद्यार्थीहरुले लगाएको तरकारि खेतीको निरिक्षण गर्दै नगरप्रमुख श्रेष्ठ ।

तरकारि खेतीको निरिक्षणको क्रममा विद्यार्थीहरु संग कुराकानी गर्दै नगरप्रमुख श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्: