वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

मेयर कपमा फुटबलको उपाधी मधुवन वडा नं. ६ लाई

        प्रेम बुढा   |   प्रकाशित मिति: बुधबार, फाल्गुन २, २०७४ ।    

मधुवन, बर्दिया।
मधुवन नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप रङिङ्ग शिल्डमा फुटबल तर्फको उपाधी वडा नं. ६ ले जितेको छ । मंगलबार भएको निकै रोमाञ्चक खेलमा वडा नंं. ६ ले वडा नं. ७ लाई ट्राईब्रेकरमा ३ का विरुद्ध ४ गोल गर्दै मेयर कपको उपाधी हाशिल गरेको हो ।

पूर्व निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि आधा घण्टाको समय पुन थपिएको थियो । थपिएको समयमा दबै टिमबाट कुनै गोल हुन नसक्दा खेल ट्राइब्रेकरमा पुगेका होे । प्रथम मेयर कप रनिङ्ग शिल्डको फुटबलको प्रथम उपाधि जितेको वडा नं. ६ ले कप तथा नगद रु ७५ हजार र मेडल पुरस्कार जित्यो । त्यस्तै द्धितिय बनेको वडा नं. ७ ले नगद रु ५० हजार पुरस्कार र मेडल हात पार्‍यो । खेलमा उत्कृष्ट गोल किपरको उपाधी वडा नं. ६ का गणेश घलेले हात पारे । त्यस्तै उत्कृष्ट डिफेन्डर वडा नंं ६ कै विवेक खड्का घोषित भए । खेल अबधी भरी धेरै गोल गर्ने व्रिजेश सिहंले गोल स्कोरको उपाधी जिते । उनले एक्लैले ४ गोल गरेका थिए । त्यस्तै वडा नं. ७ का सन्तोष के.सी.ले उत्कृष्ट खेलाडीको उपाधी जिते ।

समापन कार्याक्रममा टिम व्यवस्थापक, झाँकी तथा मार्च पासमा उत्कृष्ट भएका समुहलाई पनि पुरस्कृत गरिएको थियो । समापन कार्यक्रम अघि सम्पन्न भएको महिला १ सय मिटरको दौडको उपाधी वडा नं. ४ कि कल्पना चौधरीले जितिन । उनले १४ मिनेटमा दुरी पार गरिन । त्यस्तै वडा नं. ६ कि निशा राजवंशि द्धितिय तथा शुशिला गुल्टैलि तृतिय भईन । यता पुरुष तर्फको १ सय मिटरको दौडमा वडा नं. ६ का विकास वि.क. प्रथम भए भने वडा नंं. २ का कृष्ण चौधरी द्धितिय तथा वडा नं. ४ का श्यामलाल कँडेल तृतिय भए । समापन कार्यक्रममा बोल्ने क्रममा मधुवन नगरपालिकाका मेयर कृष्ण के.सी. खेल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै मेयर कपले खेलकुद क्षेत्रको विकासमा योगदान गरेको आशा व्यक्त गरे । अर्काे बर्षको दोस्रो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता मधुवन नगरपालिकाको सूर्यपटुवामा हुने तह गर्दै पहिलो मेयर कप सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्: