वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

म्याराथनले पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका खेल्ने– पर्यटन मन्त्री भट्टराई

        सोम गुरुङ   |   प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६ ।    
Loading...

नेपालगन्ज- शान्ति, सद्भाव र एकता राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ नेपालगन्जमा शनिवार भएको पाँचौ धारा नेपालगन्ज म्याराथन दौडमा फुुल म्याराथान दौडतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबका नवराज साउँदले प्रथम भई नगद पैसठी हजार जित्न सफल भएका छन् । उनले निर्धारित ४२ किलो मिटरको दुुरी २ घण्टा २५ मिनेट ४२ सकेन्डमा पार गरेका थिए । दोस्रो स्थानका खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गर्न सफल भए । तेस्रो स्थानका राजेन्द्र राउत २ घण्टा २९ मिनेट १४ सेकेन्डमा दुरी पूरा गर्दै २० हजार नगद रुपैयाँले पुरस्कृत भए । चौथो र पाँचौ स्थान क्रमशः रामप्रसाद भट्टराई र देवराज महतराले हासिल गरेका छन् । एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौं भएका छन् । शीर्ष ८ स्थान हासिल गर्ने धावकहरुलाई पुरुस्कार वितरण गरिएको छ ।
महिला हाफ म्याराथनतर्फ जूम्ला घर भएकी हाल नेपाल आर्मीमा कार्यरत पूर्णलक्ष्मी न्यौपानेले उपाधि हासिल गरिन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा ३० मिनेट २१ सेकेन्डमा पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो स्थान हासिल गरेकी जुम्लाका राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेन्डमा दुरी पुरा गरिे २० हजार प्राप्त गरिन् भने तेस्रो स्थानमा हासिल गर्दै एपिएफका कृष्णसोरी सिन्तकलाले १० हजार प्राप्त गरिन् । चौथो स्थानमा मन्जु रावत र पाँचौमा प्रतीक्षा मगर आउन सफल भए ।
पुरुष १० किलोमिटर खुलातर्फ अजितकुमार यादवले प्रथम स्थान हासिल गरे । उनले ३१ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै १० हजार रुपैयाँ पाए । दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेन्ड तथा तेस्रो स्थानका सन्तोषविक्रम विष्टले ३२ मिनेट २४ सेकेन्डमा दौड पूरा गरे । रामजीले ७ हजार तथा सन्तोषले ५ हजार रुपैयाँ पाए ।
महिला ५ किलोमिटरमा काजल विष्टले १८ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गर्दै १० हजार पाइन् । जुनेली सुनारले दोस्रो हुँदै ७ हजार तथा कल्पना थारुले तेस्रो हुँदै ५ हजार प्राप्त गरिन् । ५ किलोमिटर छात्रमा केशर मास्के प्रथम, एकेन्द्र विक दोस्रो र कमल विक तेस्रो भए । छात्रा ३ किलोमिटर दौडमा सिमा चौधरी प्रथम हुँदा पुर्णिमा खड्का दोस्रो र हरिमाया गुरुङ तेस्रो भइन् ।
२ किलोमिटर कर्पोरेट दौडमा केशव बिसी प्रथम, अरुण गौतम दोस्रो तथा डाक्टर सन्दीप गुरुङले तेस्रो स्थान हासिल गरे । व्हिलचेयर अन्तर्गत ट्राइसाइकल दौडमा यज्ञ बहादुर खत्री प्रथम, सेवक राम थारु दोस्रो र शेरबहादुर शाही तेस्रो भए । किड्स रनतर्फ मोडल एकेडेमी प्रथम युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रो भएको रेस डाईरेक्टर चन्द्र बहादुर गुरुङ्गले जानकारी दिए ।
दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिन २०६३ मंसिर ५ गतेलाई संस्मरण गर्दै नेपालगन्ज म्याराथनको आयोजना गरिएको क्रियटिभ हयाण्ड्सका अध्यक्ष टिएस ठकुुरी जानकारी दिए ।
म्याराथनको उद्घाटन गर्नु हुदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा नेपालगन्जमा गरिएको यस म्याराथनले पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका खेल्ने र खेलकुदको माध्यमबाट पनि राष्ट्रको पहिचान र विकास गर्न सकिने विश्वास व्यक्त गरे । यस्तै नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले पनि म्याराथनलाई संघकै वार्षिक कार्यक्रममा राख्ने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपमहासचिव पिताम्बर तिम्सिनाले पनि म्याराथनले केन्द्रबाहिरको खेलकुदमा आफनो छुट्टै बेग्लै पहिचान बनाउन सफल भएको बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, उपमेयर उमा थापामगर, दुगड ग्रुरुपका महाप्रबन्धक प्रदिप छाजेड, पूर्व ओलम्पियन वैकुण्ठ मानन्धर,धावक हरि रोकाय, आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरी, मध्यपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओली, लगायत व्यक्तित्वको उपस्थिति रहेको थियो । सो म्याराथनमा विभिन्न जिल्लाका पुरुष तर्फ १९१७ र महिलातर्फ ७८८ गरि जम्मा २७०५ खेलाडीहरुको उत्साहपूर्ण सहभागिता रहेको म्याराथन सचिवालयका सदस्य सुनिल विस्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: