वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

मानझुण्डी सामुदायिक वनको सार्वजनिक सुनुवाई सम्पन्न

        सोम गुरुङ   |   प्रकाशित मिति: सोमवार, असार ३०, २०७६ ।    

बढैयाताल- बढैयाताल गाउँपालिकाको वडा नं.३ मा रहेको मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहको २०७५/०७६ को सार्वजनिक सुनुवाई तथा पाँचौ चुनावी साधारण सभा सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले सामुदायिक बनले स्थानीय जनताको हक हितको लागि कार्य गर्नु पर्नेमा जोड दिए । साथै उनले सामुदायिक वनले वातारण संरक्षणमा पनि सेवा पु¥याई रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि डिभिजन बन कार्यालय, बर्दियाका प्रमुख हरि प्रसाद श्रेष्ठले सामुदायिक वनले स्थानीय नागरिकको लागि आर्थिक स्तर बढाउन पनि सहयोग गरेको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थाको प्रगति विवरण समुहका सचिव पुस्पा चौधरीले जानकारी दिइन् । त्यसैगरि लेखा संयोजक पदम प्रसाद चापागाईले आर्थिक बर्ष २०७५/०७६ असार सम्मको रु.५७,९४,७२३ बराबरको आय ब्याय प्रस्तुत गरेका थिए । सोही अवशरमा नव निर्मित सभा हलको पनि उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गरेका थिए । पदम प्रसाद चापागाईको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन मण्डल गठन गरि चुनाव गरिने मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहका कार्यालय सचिव पदम बहादुर बुढामगरले जानकारी गराए । सो सार्वजनिक सुनुवाईको अध्यक्षता मानझुण्डी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शेर बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...