वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

मालिका साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, मंसिर १८, २०७५ ।    

ठाकुरबाबा, बर्दिया ।
मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बकुवाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ठाकुरबाबा नगरपालिका–६ मा भएको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको संस्थाका प्रबन्धक मदन थापाले बताए ।

रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सहकारीले यस्तो कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाका बचतकर्ता, स्थानिय बासिन्दा, नेपाली सेना लगायतको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: