वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

माल्दिभ्समा थारु गीतको सुटिङमा व्यस्त केशब चालिसे

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र १, २०७४ ।    

सौगात/बर्दिया ।
बर्दियाली कलाकार केशव चालिसे थारू गीत सान मारेमा पनि मोडेलको भुमिकामा देखिने भएका छन । राम कुमार कठरियाको शब्द, संगित तथा समिक्षा चौधरी र बिजय चौधरीको स्वर रहेको सान मारे बोलको गीतमा बर्दियाली ठिटो केशब चालिसेको सशक्त अभिनय रहेने बताईएको छ ।
माल्दिभ्समा सुटिङ भैरहेको उक्त थारू गीत सान मारेमा केशव चालिसेसँगै प्रशान्त थापा, काजोल मगर र लक्ष्मी तामाङको पनि अभिनय रहनेछ। यो म्युजिक भिडियो छिट्टै बजारमा आउने चालिसेले बताए ।


मोडलका साथै निर्देशनमा समेत आफ्नो प्रतिभा देखाइसकेका चालिसे विदेशमा रहेर पनि नेपाली गीत संगीतलाई सदैब माया गरिरहने बताउछन ।

प्रतिक्रिया दिनुहोस्: