वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

बढैयातालमा महिला दिवस सम्पन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन २५, २०७५ ।    

सोम गुरुङ/बढैयाताल (बर्दिया) ।
१०९ औँ अन्तराष्ट्रिय महिला दिवस बढैयाताल गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । बढैयाताल गाउँपालिकाको आयोजनामा आयोजित विशेष कार्यक्रम अन्र्तगत बृहत र्याली निकालेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै प्रमुख अतिथि संघीय साँसद बिमला बिकले नेपालमा महिला हिंसाविरुद्ध बनेको ऐन कानूनको पुर्ण रुपमा ब्यवहारमा कार्यान्वयमा ल्याउनु पर्ने र सबै भन्दा महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनु पर्ने बताईन् । कार्यक्रमा बोल्दै बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले महिला हिंसा रोक्नका लागि सम्पूर्ण सरोकारवाला निकायको उत्तिकै भुमिका रहेको बताउँदे गाउँपालिकाले महिला अधिकार, बाल संरक्षण नीति, सिपमुलक तालिम तथा आय आर्जनका कार्यक्रम र महिला शसक्तिकरणका लागि विशेष कार्यक्रम लागु गरेको जानकारी  समेत बताईन् ।

महिला दिवसको अवसरमा भएको खेलकुद प्रतियोगितामा जमुनी प्रथम, सोरहवा दोस्रो र मैनापोखर तेस्रो भएका थिए । विजयी समुहहरुलाई प्रमाण पत्र तथा ट्रफी वितरण गरिएको छ । यसैगरि महिला हिंसा न्यूनीकरण गर्न र बलत्कार न्यूनीकरण गर्न जनप्रतिनिधिको भुमिका र राज्यको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगितामा प्रथम बढैयाताल वडा नं. ८ का जानकी बिक, दोश्रो बढैयाताल वडा नं.४ की संगिता बिक, तेस्रो बढैयाताल वडा नं. २ की जुनु बिक र सान्त्वना बढैयाताल वडा नं. ६ का सन्जिता चौधरीभएकी थिईन् । विजयी प्रतियोगीहरुलाई  क्रमश ३०००, २०००, १००० र ५०० नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...