वि.सं.   सोमवार, बैशाख ९, २०७६   तदनुसार  22 April 2019

ठाकुरद्वारामा दर्शनार्थीको बाक्लो घुईचो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, माघ १, २०७५ ।    

ठाकुरद्वारा,बर्दिया।
बर्दियाको ठाकुरद्वारा मन्दिरमा माघीको पूजाआजा सहित मेला सुरु भएको छ । पुषको मध्य रातको अन्तिम प्रहर पछी (राती १ बजेदेखी) दर्शनार्थीहरुका लागि मन्दिरको ढोका खोलिएको थियो । हजारौँ दर्शनार्थीहरु रातीदेखी नै लाईनबद्द भएर पूजापाठको लागि अघी बढीरहेका छन ।
यो वर्ष पहिलेभन्दा फरक र व्यवस्थित तरिकाले दर्शनार्थी र मेला अवलोकनकर्ताहरुलाई व्यवस्था मिलाईएको आयोजकले जनाएको छ। औपचारिक रुपमा माघी मेला तथा पर्यटन महोत्सवको आज भौतिक योजना तथा यातायात मन्त्रि रघुबिर महासेठद्धारा महोत्सव उद्घाटन गर्ने जनाईएको छ ।
माघे संक्रान्तिको अघिल्लो दिन अर्थात पुष ३० गतेदेखि माघ ४ गतेसम्म लाग्ने परम्परागत माघीमा पूजाआजा गर्न बर्दियाका सबै स्थान लगायत दाङ्ग, बांके, कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी राष्ट्र भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ भक्तजन आउने गर्छन् ।
यसै अवसरलाई मध्यनगर गरेर बर्दियाको कृषि र पर्यटन क्षेत्रको प्रवर्धनमा सहयोग पुर्‍याउने उदेश्यका साथ स्थानीय जनप्रतिनिधी आएसंगै यस क्षेत्रमै पहिलो पटक पुस ३० गते वेलुकादेखि माघ ४ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...