वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

बर्दियाको मधुवनमा फागुन २० गतेबाट महोत्सव शुरु हुने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन १२, २०७४ ।    

प्रेम बुढा/मधुवन ।
बर्दियाको मधुवन नगरपालिकामा आगामी फागुन २० गतेबाट मधुवन औद्योगिक व्यापारिक, कृषि तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । आयोजक उद्योग वाणिज्य संंघ कुसुम्बा बजार तथा महोत्सव मुल आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गर्दै स्थानिय घरेलु उद्योगलाई प्रोत्साहन र प्रयटकिय क्षेत्रको विकासका लागि महोत्सव लगाउन थालिएको जनाएको हो ।
उद्योग वाणिज्य संघ मधुवनका अध्यक्ष देवेन्द्र तिमिल्सिनाले कृषि तथा पर्यटन क्षेत्रलाई प्रचार प्रसार गरि व्यापारिक क्षेत्रको विकासमा महोत्सवले सहयोग गर्ने बताए । महोत्सवबाट उठेको रकम उद्योग वाणिज्य संघको आफ्नो भवन निर्माणमा लगाइने आयोजकको भनाई छ । महोत्सवले कृषि पर्यटन सौर्यउर्जा, जडिबुटि , वनमा आधारित उद्योगधन्दा, हस्तकला तथा घरेलु उद्योग स्थापनाका लागि लगानी कर्तालाई आकर्षण गरि जिल्लालाई निर्यातमुखी बनाउन विशेष पहल गर्ने लक्ष्य लिईएको छ । २० गते देखी २९ गते सम्म १० दिन सञ्चालन हुने महोत्वमा २सय वटा स्टल रहने तथा १ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।


राष्ट्रिय तथा स्थानिय ख्याति प्राप्त कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुति रहने महोत्सवमा कृषि घरेलु आटोमोबाईल,थारुगाँउ होमस्टे,रेडिमेड जुत्ता चप्पल प्रदर्शनी संगै बालमनोरन्जनका सामाग्रि रहने आयोजकले जनाएको छ । देश निर्माणमा उद्योग व्यापारको आवश्यकता,व्यावसायिक हित सगै सामाजिक एकता भन्ने नाराका साथ सुरु हुन लागेको महोत्सव करिब ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: