वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

परदेशमा रहेका आफन्त सम्झाउदै सबैलाई रुवाए बद्री पंगेनीले

        प्रेम बुढा   |   प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५, २०७४ ।    

पाँचौ दिन आज शुक्रबार नायक निखिल उप्रेती, लोकदोहरी गायिका पूर्णकला वि.सी.गायक तथा मोडल बलु वि.सी लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रेम बुढा/मधुवन ।
जनताका पिर व्यथालाई टपक्कै गितका भाकामा बुनेर गाउन माहिर धेरैको मनमा बास बसेका लोकप्रिय जनगायक बद्रि पंगेनी विहिबार दिउसो मञ्चमा उक्लिए । मधुवन औद्योगिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवमा गायक पंगेनीको गित सुन्न थुप्रै स्थानिय दर्शक पर्खिरहेका थिए । विगत ३ बर्ष अघि पनि मधुवन क्षेत्रमा भएको महोत्सवमा बद्रि पंगेनीको प्रस्तुति हेरेका बृद्धआमाहरु गालामा हात राखेर घोत्लिएका थिए । मञ्चबाट निरास बृद्ध आमाहरुलाई हेरिरहेका गायक पंगेनीले सुरुमा नेतालाई झटोरो हाने । गित मार्फत सुविधायूत्त गाडी मात्रै नचढ्न आग्रह गरेका उनले बाध्यताले विदेशीयका नेपाली सन्तानहरुको पिडालाई भावुक भएर भूमिका बाधिरहदा धेरैका आँखामा आँशु टिलपिलाइ रहेका थिए ।

घरको ऋण तिर्न नसकेर विदेश भासिएको छोराले आमा विदा पाउदिन,अहिलेको साल पनि घर आउदिन भनि सन्देश पठाएको भन्दै उनले गित गाउदा बृद्ध महिलाहरु साडीको सप्कोले आँशु पुछ्दै रोइरहे । श्रीमान विदेश भएका अधबैशे यूवति महिलाहरु निरास बनेर निहुरी रहे । पछ्यौराले मुख छोपेर रोइ रहेकी बृद्ध आमाका आँशु पुछ्न पुगेका पंगेनीले धेरैलाई रुवाईरहे । स्तब्ध बनेको महोत्सवको माहोललाई मञ्च उक्लिदै अलि सहज बनाउने खोजे । रोइरहेका अधबैशे र बृद्ध महिलाहरुलाई आँशु पुछन आग्रह गर्दै उनले भने ‘ देशमा रोजगार सृजना गर्न नेताहरुले ढिलो गर्नुहुदैन, कहिले सम्म आमा चेलीहरु आफना सन्तान र श्रीमानलाई सम्झिए रोइरहने ?’ रातो पछेउरी, ससुरालीमा,खान्न म त पिडालु कुक्यो लगाएतका आधा दर्जन बढी गित सुनाउदा माहोल निकै तात्तियो ।

त्यस्तै विहिवार नै लोक दोहरी गायिका भूमिका गिरीले यूवायूवतिलाई उफ्री उफ्री नाच्ने बनाइन । घुमौला बर्दिया बजार, नरिसाउन कान्छु एकै छिन जान्छु सिंगार पटार गरि आउछु व्यूटिपार्लरमा,तिउन मिठो बनायो चुकैले बोलका उत्कृष गित गाउदा दर्शकको हुटिङले महोत्सव निकै रमाइलो बन्यो । महोत्सव सुरु भएको चौथो दिन विहिबार नै चर्चित मोडेल दिपाशा वि.सी. भद्र वली तथा दिपेन्द्र वली तथा स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुति राखेको आयोजक उद्योग वाणिज्य संघ कुशुम्बा बजारका अध्यक्ष देवेन्द्र तिमिल्सिनाले जानकारी दिए । पाँचौ दिन शुक्रबार नायक निखिल उप्रेती, लोकदोहरी गायिका पूर्णकला वि.सी.गायक तथा मोडल बलु वि.सी लगातय राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: