वि.सं.   आइतवार, बैशाख ८, २०७६   तदनुसार  21 April 2019

सामुदायिक वनमा आगो निभाउन गएको बेला ज्यान गएमा १ लाख तथा अंगभंग भएमा १० हजारको जीवन बिमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, चैत्र १२, २०७५ ।    

हरि गुरुङ/मधुवन (बर्दिया) ।
मधुबन नगरपालिका–३ मा वन डढेलो बिरुद्ध सचेतना तथा जीवन बिमा कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, नगर महासंघ मधुवन नगरपालिकाको आयोजना तथा यु.एस.ए.आइ.डी, डब्लु.डब्लु.एफ, एफ.इ.सि.ओ.एफ.ए.एन र मधुवन नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वन डढेलोबाट हुने क्षति असर समाधान र उपायका बारेमा जानकारी दिएको थियो भने सामुदायिक वनमा आगोलागी भएको बेलामा आगो निभाउन गएको बेला ज्यान गएमा १ लाख तथा अंगभंग भएमा १० हजारको जीवन बिमा ब्यबस्था गरिएको जानकारी दिईएको छ । बर्दिया जिल्लामा ५० जनाका लागि जिवन बिमा गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...