वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

ओभरटेक गर्न खोज्दा बर्दियामा बस दुर्घटना : चालक फरार

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र १, २०७४ ।    

प्रेम बुढा/मधुवन।
बर्दियाको मधुवन नगरपालिका र गुलरीया नगरपालिकाको सिमामा पर्ने १४ नं. गाउमा हुलाकी सडकको निर्माणाधिन कल्भर्ट नजिक बस विहीबार विहान बस दुर्घटनामा परि ३ जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय सानोश्रीका प्रमुख प्रहरी नायब निरिक्षक हरी खड्काले जानकारी दिएका छन । उनका अनुसार घाईते हुनेमा राजापुर नगरपालिकाका २२ बर्षिय रुकैया जयसवाल, गुलरिया नगरपालिका १२ का घचैटे खाँ र राजापुर नगरपालिका—५ का बर्ष ५ का आरोग्य थारु रहेका छन । उनीहरुलाई उपचारका लागि नेपालगन्ज नर्सिङ कलेज पठाईएको छ ।

नेपालगन्जबाट राजापुरका लागि छुटेको ना ४ ख १५०४ नं. बस सडकबाट कुलोमा पल्टिएको हो । ना ५ ख ५२२६ नं. बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको र पल्टिएको बसका चालक फरार रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: