वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

बर्दिया मधुवन नगरपालिकाको भवनमा बम विस्फोट

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, फाल्गुन १३, २०७४ ।    

मधुवन, बर्दिया ।
मधुवन नगरपालिकाको कार्यालय सानोश्रीमा अपरिचित व्यक्तिले कुकर बम विष्फोट गराएका छन् । मोटसाईकलमा आएका अपरिचित व्यक्तिले नगरपालिका कार्यालय परीसरमा कुकर बम सहितको झोला फालेको केहीबेरमा विष्फोट भएको स्थानिय प्रतक्षदर्शीले बताए ।

कार्यालय परीसरमा बम फालेको केही मिनेट भित्रै बम विष्फोट भएको थियो । बम बिष्फोटबाट नगर उप–प्रमुख बस्ने कोठाको झ्याल र भित्तामा क्षती पुगेको प्ररहरीले जनाएको छ । बम कसले र किन बिष्फोट गराएको हो भन्ने विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: