वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

शैली परिवर्तन गर्दै बाँसगढी महोत्सव ; राजापुरमा पनि माघी महोत्सव शुरु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ ।    

प्रेम बुढा र मिन अधिकारी,बर्दिया ।
थारु समुदायको विशेष पर्व माघी र माघे सक्रान्तिलाई लक्षित गर्दै जिल्लाको ठाकुरद्धारा, गुलरिया, राजापुर र बाँसगढी लगायतका स्थानमा साना ठुला गरि करिब आधा दर्जन मेला महोत्सवले जिल्लामा रौनक बढाएको छ ।
आजदेखी तेस्रो बाँसगढी औद्योगिक, कृषि पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव शुरु हुँदैछ । आजदेखि सञ्चालनमा आउने बाँसगढी महोत्सवमा यस यघिको शैली परिवर्तन गर्दै दर्शकलाई नँयापन दिने तयारी रहेको आयोजक बाँसगढी उद्योग वाणिज्य संघले दावी गरेको छ ।
कृषि तथा पर्यटनलाई जोडेर आयोजना गरिने व्यापार मेलाले यथार्थमा त्यसको विकासमा भूमिका खेल्न नसकेको गुनासो हटाउन यस पटक महोत्सवमा जिल्लाका कृषि र पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको उद्योग वाणिज्य संघका अध्यक्ष राम सिं थारुले बताए ।‘५० बर्ष अघि थारुको संस्कृति,भेषाभुषा,पहिरन लगाएतका लोपोन्मुख सामाग्रिलाई संग्रालयको रुपमा देखाउछौ’ अध्यक्ष थारुले जानकारी दिदै भने,-“मनोरन्जन मात्रै भन्दा पनि कृषि प्रविधि तथा पर्यटकीय स्थानको ज्ञान दिएर पठाउछौं ।”
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने माघी महोत्सवमा १५० वटा व्यापारिक स्टल रहने छन । थारुहरुको परिकारहरु सहितको थारु गाउँको विशेष सुविधा दिइने छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुति रहने माघी महोत्सवमा करिब ५ करोडको कारोबार हुने आयोजकको विश्वास छ । मेला आगामि माघ ८ गते सम्म चल्ने छ ।
त्यस्तै राजापुरमा पनि आजबाट माघी महोत्सव शुरु हुने भएको छ। बर्दियाको भौराटप्पा सहित समग्र बर्दियाको विकासका लागि माघी महोत्सवले टेवा पुर्‍याउने बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मीले बताए ।
मेलामा भौरा क्षेत्रका थारु जतिहरुको कला संस्कृति, रहन सहन, भेषभूषा र खानपिन, सहित विभिन्न व्यापारिक स्टलहरु राखिने जनाईएको छ । साथै मेलामा रमाईलो मेला, जादु, सहित दैनिक स्थनिय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । माघी मेलाको उद्घाटन गर्न नेपाली काङ्ग्रेशका सहमहा मन्त्री तथा पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत आउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: