वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

लुकाई राखेको हतियार सहित एक जना पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ ।    

गुलरिया, बर्दिया ।
लुकाई राखेको अवस्थामा प्रहरीले अवैध हतियार बरामद गरेको छ । बारबर्दिया नगरपालिका–९, कतर्निया स्थित देवीराम रिमालको भान्साभित्र खाल्टो खनी पुरेर राखिएको एक थान रिबल्भर बरामद गरिएको हो ।

गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले लुकाएर राखेको एकथान रिबल्भर सहित देवीराम रिमाललाई बिहिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: