वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

बर्दियामा लोक देउडा कार्यक्रम सम्पन्न (भिडियो सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, बैशाख १९, २०७५ ।    

भुरिगाउं, बर्दिया ।
बर्दियाको भुरिगाउँमा मंगलबार देउडा कार्यक्रम सम्पन्न भएको छ । मध्य तथा सुदुर पश्चिमका बिभिन्न जिल्लाहरुमा प्रचलित लोक देउडा लोप हुँदै गरेको अवस्थामा ठाकुरबाबा नगरपालिकाको सहयोगमा लोक कला संस्कृतिको उत्थान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
बर्दियाको ठाकुरबाबा नगर क्षेत्रमा देउडा लोकसंस्कृतिलाई आफ्नो सांस्कृतिक सम्पदा मान्नेहरुको बाहुल्यता ठुलो रहेको छ ।

विशेष गरी कार्यक्रममा दैलेख, अछाम, जाजरकोट, कैलालीबाट बसाइसराइ गरि ठाकुरबाबा नगरपालिकाका बिभिन्न ठाउँमा बस्दै आएका महिला तथा पुरुषहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: