वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

बिद्युत प्राधिकरणसंग लोडसेडिङ बारे सूचना माग

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ ।    

सोम गुरुङ, बाँके ।
बाँके जिल्ला नेपालकै सबै भन्दा गर्मी हुने ठाउँ भनेर चिनिने गर्दछ तर नेपालगन्जमा अहिले अघोषित लोडसेडिङ भएपछि नेपालगन्जबासी जेठको गर्मीबाट आहात भएका छन् । अघोषित रुपमा बिजुली काटिने गरेपछि नेपाल विद्युत प्राधिकरण कार्यालयसंग नेपालगन्ज उपमहानगरपालिका वडा नं.५का सूचना अभियान्ता अरुण कुुमार तिवारी र वडा नं. ७ का अधिवक्ता विश्वजित तिवारी र वडा नं. ११ का सुचना अभियान्ता शैलेन्द्र कुुमार वैश्यले संयुुक्त रुपमा नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ अनुुसार नेपाल विद्युुत प्राधिकरण कार्यालयसंग लोडसेडिङ बारे सूचना माग गरेका छन । हाल सालै नेपाल विद्युुत्त प्राधिकरणले देशैभरि लोडसेडिङ मुुक्त भनेर घोषणा समेत गरेको थियो ।

सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रले हाल एपएचआई३६०को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना सन्चालन भएपछि बाँके र बर्दिया जिल्लामा सूचनाको हक र सुुशासनको लागि सक्रिय भएर काम गरिरहेको छ । मागिएको सूचनामा प्राधिकरण कार्यालयमा सुचना अधिकारी को हुनुु हुुन्छ ? सो को साईनबोर्डको फोटोकपी र सम्पर्क नम्बर समेतको जानकारी मागिएको छ । त्यसै गरि नेपालगन्ज क्षेत्रमा लोडसेडिङ छ कि छैन ? यदि लोडसेडिङ भए दिनमा कति पटक लोडसेडिङ हुुन्छ सोको तालिका समेत जानकारी गराउनुु पर्ने सूचना माग गरिएको छ । थप सूचनामा नेपालगन्ज एरियामा बत्ती जानुुको मूख्य कारण के हो ? नेपालगन्ज एरियामा भएको बत्ती कहाँको हो सो को पूर्ण जानकारी साथै नेपालगन्जबासीहरुले बत्ती नजाने वातावरणमा बस्न पाउँछन् भनी सूचना माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: