वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

लोड सेडिङले भौराटप्पा क्षेत्रका बासिन्दा मर्कामा

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: सोमवार, भदौ ९, २०७६ ।    

राजापुर- नेपाल बिद्युद प्राधिकरण युनिट राजापुर केन्द्रले अनियमित ढङ्गले बिद्युत कटौती गर्दा बर्दियाको भौराटप्पा क्षेत्रका बासिन्दा चरम मर्कामा परेका छन् । राजापुर नगरपालिका र गेरुवा गाँउपालिकाका १६ ओटै वडामा भएको अनियमित बिद्युत कटौतीले सर्वसाधारण मारमा परेका हुन् ।
बिद्युत प्राधिकरणले मनलाग्दी एकैपटकमा तिन/चार घन्टा र रात दिन १० र १२ घन्टा बिद्युत कटौति गर्ने गरेको स्थानियको गुनासो छ । अनियमित बिद्युत कटौतिले राजापुरका सरकारी कार्यालय इलाका प्रशासन कार्यालय मालपोत,नापी शाखा, भन्सार कार्यलयको कामकाज प्रभाबित भएको छ । भौराटप्पाको एक मात्र रेडियो साथी एफ्एम बेला बेलामा बन्द हुने गरेको छ । अनियमित बिद्युत कटौतिका कारण यहाँका बासिन्दा सँगै सरकारी कार्यालय,स्वास्थ्य सँस्था शिक्षण सँस्था कलकारखाना संचार माध्यम नराम्ररी प्रभाबित बनेका छन् ।

गर्मिको समयमा अनियमित बिद्युत कटौतिले यहाँका वालवालिका र जेष्ठनागरिक समेत नराम्ररी प्रभावित भएका छन् । ‘गर्मी छ बिद्युत नहुँदा पंखा चलाउन पाइदैन’- जेष्ठ नागरिक तथा नागरिक समाजका सदस्य नरेन्दबिक्रम जि सिले भने ‘बिद्युतले गर्न सम्म ग¥यो ।’ कसैले यहाका जनताको कुरो सुन्दैनन के गरने , बिद्युत नियमित नहुँदा कम्प्यूटर कक्षा संचालन गर्न अप्ठारो भएकोे एन्पी मल्टिमिडीया राजापुरका संचालक सुरेश थारुले बताए । उनले भने ‘कम्प्यूटर कक्षा सिक्न आउने बिध्यार्थि हरु घण्टौ कुरेर फर्किने गरेका छन् ।’
यता बिद्युत प्राधिकरण गुलरिया बितरण केन्द्र प्रमुख परितोश कुमार चौधरीले नयाँगाउमा सवस्टेशनमा जडान गरिएको मिसीन मध्य करेन्ट ट्रान्स फर्म ct ले काम नगरेका कारण यस्तो समस्या आएको बताए । निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनी आरके कन्टक्सनलाई दुई पटक सम्म ct परिबर्तन गर्न लगाएपनी सक्सेस नभएको प्रमुख चौधरीले बताए । उनले भने‘ आइतवार तेश्रो पटक ९अत० चेन्ज गर्दापनि सक्सेस भएन ।’ ठेकेदारकम्पनी आरके कन्ट्रक्सनका अर्जुन रिमालले मेसीनरी समान ब्रिदै जाने भएकाले ct परिवर्तन गरी बिद्युत नियमित गर्न आफु लागि परेको बताए । यता राजपुर बिधुत युनिट कार्यालयलाई विद्द्युत के भएकोे हो भनेर बुझदा आल्टाल गर्दै बिधुत कार्यलयमा दक्ष प्रबिधिक नभएको टिकापुर,लम्की अतरिया,मेनलाईन गएको भन्ने गरेको स्थानियहरुले गुनासो गरेका छन ।

प्रतिक्रिया दिनुहोस्:


Loading...