वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

सोनाहा विकास समाजले गर्‍यो ३ दिने नेतृत्व विकास तालिम

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, फाल्गुन ७, २०७४ ।    

राजापुर,बर्दिया।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको आयोजना ३ दिने नेतृत्व विकास तालिम राजापुरमा सम्पन्न भएको छ ।

तालिममा गुड नेवर्स इन्टरनेशनल र सोनहा विकास समाजको कार्य क्षेत्रका सहयोग प्राप्त ६ वटा सहकारीहरु क्रमशः असल कृषि सहकारी संस्था लि., सनौटा कृषि सहकारी संस्था लि.राजापुर न.पा—१, देउथान कषि सहकारी संस्था लि. गेरुवा गाँउपालिका —२, हिमशिखर कृषि सहकारी संस्था लि. गेरुवा गाँउपालिका —४, साइनो कृषि सहकारी संस्था लि. गेरुवा गाँउपालिका —६, र छिमेकी कृषि सहकारी संस्था लि. मधुवन न.पा.—६, बर्दिया का सहकारीका १७ जना सदस्यहरुको उपस्थितीमा धनगढी उप महानगरपालिका—६, का श्री देबेन्द्र अधिकारीको सहजिकरणमा गेरुवा गाँउपालिका—३, शान्ती बजारमा तालिम सम्पन्न भएको हो ।
उक्त तालिम सहकारीको दिगो विकासद्धारा सामुदायको विकास गर्ने उद्धेश्यले सम्बन्धित सहकारीको सदस्यहरुको नेतृत्व क्षमता विकासका लागि यही फागुन २ गते देखि ४ गते सम्म तालिम संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: