वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

राजापुरमा लैगिंक हिंसा विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, मंसिर २०, २०७५ ।    

रन्जना परियार/राजापुर (बर्दिया) ।
राजापुर नगरपालिका–४, संघर्षनगर छेदियामा ‘लैङ्गिक हिंसा र दुव्र्यवहार ,छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ लैंगिंक हिंसा विरुद्धको एक दिने र्याली तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र राजापुरको आयोजना, ईलाका प्रहरी कार्यालय राजापुरको समन्वय तथा प्लान नेपाल र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दियाको आर्थिक सहयोगमा आयोजना गरिएकोे कार्यक्रममा लैगिंक हिंसाको विरुद्धमा लेखिएका विभिन्न नारा सहितका प्लेकार्ड बोकेर र्याली सहित संघर्षनगर परिक्रमा गरि कोण सभा गरिएको थियो ।

देशव्यापी रुपमा १६ दिने लैगिंक हिंसा विरुद्धको कार्यक्रम चलिरहेको बेला सामुदायिक प्रहरी सेवा केन्द्र राजापुरले पनि लैगिंक हिंसा विरुद्धको कार्यक्रमको थालनी गरेका हो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु प्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी कार्यलयका प्रमुख डी.एस.पी. तिलक भारती, विशेष अतिथी रेडियो साथीका स्टेशन म्यानेजर मिन प्रसाद अधिकारी रहेका थिए । अन्य अतिथीहरुमा राधाकृष्ण थारु जनसेवा केन्द्रकी सहजकर्ता जुगमानी चौधरी, राजापुर नगरपालिका वडा नं. ४ का बड्घर, स्थानिय बुद्धीजीवी, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी प्रमुख डी.एस.पी. तिलक भारतीले प्रहरी जहिले पनि जनताको साथमा रहेको हुँदा जस्तोसुकै घटना भए पनि प्रहरीलाई जानकारी गराएर सहयोग गर्नुपर्ने भन्दै हिंसा आफुबाटै सुरु हुने भएकाले आफुमा परिवर्तन हुन आफ्नो आचरणमा परिवर्तन गर्नुपर्ने बताए ।

र्यालीलाई सम्बोधन गर्दै विभिन्न संघ सस्थाहरुले कार्यक्रम सञ्चालन गरे पनि खासै प्रभावकारी बन्न नसकेको र झनझन हिंसा बढिरहेकोले नेपाल सरकार सचेत भई हिंसा गर्नेहरुलाई कडा सजायको व्यवस्था मिलाउनुपर्ने,हिंसा घर,परिवार , समाज र विभिन्न लागुऔषध र बेरोजगार मुख्य कारण भएको भन्दै सबै सचेत भई लाग्नुपर्ने , सञ्चार क्षेत्रले गर्नु पर्ने जिम्मेवारीबाट आफु कहिल्यै पनि पछि नपर्ने रेडियो साथीका स्टेशन म्यानेजर तथा बर्दिया अनलाईन सहकर्मी मिन प्रसाद अधिकारीले बताए ।

कार्यक्रमको समापन गर्दै सभापति विष्णु अधिकारीले स्थानिय सरकार सञ्चालन नहुनु भन्दा पहिलेदेखि नै जनताका साना साना समस्या , वादविवाद र विभिन्न खालका हिंसासंग संम्बन्धित घटनाको प्रकृती अनुरसार प्रहरी प्रशासनको सहयोगमा कार्यहरु गरि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: